परीक्षामा फेल भएपछि एक युवकले जथाभावी चक्कु प्रहार, ८ को मृत्यु १७ जना घाइते

परीक्षामा फेल भएपछि एक युवकले जथाभावी चक्कु प्रहार, ८ को मृत्यु १७ जना घाइते

607

एजेन्सी । चीनको वुशी सहरस्थित एक कलेजमा विद्यार्थीले जथाभावी चक्कु प्रहार गर्दा आठ जनाको ज्यान गएको छ भने १७ जना घाइते भएका छन् ।

शनिबार साँझ भोकेशनल इन्स्टिच्युट अफ आर्ट्स एण्ड टेक्नोलोजीमा २१ वर्षका विद्यार्थीले परीक्षामा फेल भएपछि जथाभावी चक्कु प्रहार गरेका हुन् । चक्कु प्रहार गर्ने युवकलाई प्रहरीले घटनास्थलबाटै पक्राउ गरेको छ ।

ती विद्यार्थीको परीक्षामा खराब नतिजा आएपछि कलेजले स्नातकको प्रमाणपत्र दिन अस्विकार गरेका थिए । खराब नतिजापछि आक्रोशित बनेका युवाले कलेजमा जथाभावी चक्कु प्रहार गरेको चिनियाँ सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

तपाईको बिचार

सम्बन्धित खबर