नेपालमा आज २०औं राष्ट्रिय कफी दिवस मनाइँदै

नेपालमा आज २०औं राष्ट्रिय कफी दिवस मनाइँदै

605

काठमाडौं । नेपालमा आज २०औं राष्ट्रिय कफी दिवस मनाइँदैछ। “नेपालको कफी अर्गानिक अरविका, गुणस्तरीय उत्पादन वृद्धिमा हाम्रो प्रतिबद्धता” भन्ने नाराका साथ दिवस मनाउन लागिएको छ। कफी दिवस हरेक वर्षको मंसीर १ गते मनाइँदै आएको छ।

नेपाली कफीको इतिहास

नेपाली कफी खेतीको सुरुवात सन् १९९५ मा हिरा गिरीले बर्माबाट ल्याएको कफीको बीउ गुल्मीको आँपचौरमा रोपेर भएको मानिन्छ। नेपालमा सुरुदेखि नै अराविका कफीको खेती भइरहेको छ, जुन कफी पारखीहरूको पहिलो रोजाइमा पर्छ। यो जातको कफी विश्वभर उत्पादन हुने कुल कफीको ७५ प्रतिशत हिस्सा ओगट्छ।

आन्तरिक माग र उत्पादन

नेपालमा उत्पादन भएको कफीले स्वदेशी माग एक महिना पनि नधान्ने राष्ट्रिय चिया तथा कफी विकास बोर्ड ले जनाएको छ। शहरी क्षेत्रमा कफीको माग तीव्र रूपमा बढे पनि उत्पादन मागको तुलनामा निकै कम छ।

२०८०/८१ मा नेपालभर झन्डै ५ सय मेट्रिक टन ग्रीनबीन कफी उत्पादन भएको छ। तर, मागअनुसार आपूर्ति नहुँदा कफी आयात बढ्दै गएको छ।

भन्सार विभागका अनुसार आयात र निर्यातको स्थिति 

२०७९/०८० मा

१३ करोड ४ लाख रुपैयाँ बराबरको ७७.८६ मेट्रिक टन कफी निर्यात ।
३२ करोड ५८ लाख रुपैयाँ बराबरको ४५० मेट्रिक टन कफी आयात ।

२०८०/०८१ मा

१४ करोड ९२ लाख रुपैयाँ बराबरको ८९ मेट्रिक टन कफी निर्यात।
४१ करोड ९८ लाख रुपैयाँ बराबरको ४४३ मेट्रिक टन कफी आयात।

नयाँ मूल्य निर्धारण

राष्ट्रिय चिया तथा कफी विकास बोर्डले हरेक वर्ष कफीको नयाँ मूल्य निर्धारण गर्दै आएको छ। यस वर्षदेखि लागू हुने नयाँ मूल्यहरू यसप्रकार छ ।

फ्रेस चेरी कफी

ग्रेड ‘ए’ प्रतिकिलो १०५ रुपैयाँ।
ग्रेड ‘बी’ प्रतिकिलो ९५ रुपैयाँ।

पार्चमेन्ट कफी

ग्रेड ‘ए’ प्रतिकिलो ५३५ रुपैयाँ।
ग्रेड ‘बी’ प्रतिकिलो ४८२ रुपैयाँ।

ड्राइ चेरी कफी

ग्रेड ‘ए’ प्रतिकिलो २८० रुपैयाँ।
ग्रेड ‘बी’ प्रतिकिलो २४७ रुपैयाँ।

तपाईको बिचार