वर्ल्डलिंक कम्युनिकेसनले दुई अर्ब १५ करोड कर बुझायो

वर्ल्डलिंक कम्युनिकेसनले दुई अर्ब १५ करोड कर बुझायो

645

काठमाण्डौं । वर्ल्डलिंक कम्युनिकेसनले दुई अर्ब १५ करोड रूपैयाँ कर बुझाएको छ। कर विवादमा परेको मुद्दमा सर्वोच्च अदालतले कर तिर्नुपर्ने फैसला गरिदिएपछि वर्ल्डलिंकले कर तिरेको हो।

नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलका अनुसार वर्ल्डलिंकले शुक्रबार दूरसञ्चार रोयल्टी र ग्रामीण दूरसञ्चार कोष (आरटिडिएफ) बापत बक्यौता रहेको दुई अर्ब १५ करोड रूपैयाँ एकमुस्ट बुझाएको हो।

आर्थिक वर्ष ०६९७० देखि ०७९र८० सम्मको रोयल्टी र आरटिडिएफ तथा त्यसमा थपिँदै आएको ब्याज र जरिवानासहितको रकम कम्पनीले बुझाएको हो।

तपाईको बिचार