दार्चुला जिप दुर्घटनाका घाइतेलाई हेलिकोप्टरमार्फत धनगढी ल्याइयो

दार्चुला जिप दुर्घटनाका घाइतेलाई हेलिकोप्टरमार्फत धनगढी ल्याइयो

613

दार्चुला । दार्चुलाको जिप दुर्घटनाका गम्भीर घाइते भएकाहरुलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत धनगढी लगिएको छ ।

दुर्घटनामा परी गम्भीर घाइते जिप चालक सुनिल जोशी, जिपमा सवार उत्तम रोकाया र सन्दीप रावललाई थप उपचारका लागि सेनाको हेलिकोप्टरमार्फत धनगढी पठाइएको शैल्यशिखर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर बिष्टले जानकारी दिए ।

यसैगरी, घाइते दुई जनाको अवस्था भने सामान्य रहेको र उनिहरुको गोकुलेश्वर अस्पतालमै उपचार भइरहेको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउँदले बताए ।

चालक मालिकार्जुन गाउँपालिका-८ पस्तीका सुनिल जोशीको टाउँकोमा गम्भीर चोट रहेको छ । २२ वर्षीय प्रकाश रावल, डिलाशैनी-५ का उत्तम रोकाया, शैल्यशिखर-५ लेकगाउँका सन्दिप रावल र भारतका रोहिन शाह घाइते भएका छन् । दुर्घटनास्थलबाट घाइतेहरुलाई उद्धार गरी गोकुलेश्वर अस्पताल लगिएको थियो ।  दार्चुलामा जिप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ ।

तपाईको बिचार

सम्बन्धित खबर