रास्वपा सभापति लामिछानेलाई रुपन्देहीबाट कास्की फर्काइँदै

रास्वपा सभापति लामिछानेलाई रुपन्देहीबाट कास्की फर्काइँदै

625

पोखरा । सहकारीको रकम अपचलनको आरोपमा अनुसन्धानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज (शुक्रबार) रुपन्देहीबाट कास्की फर्काइँदै छ ।

उनलाई हवाई उडानमार्फत् नै आज पोखरा पठाउने तयारी गरिएको जिल्ला प्रहरी कार्यालय, रुपन्देहीले जनाएको छ । पूर्वउपप्रधान एवं गृहमन्त्री लामिछानेलाई प्रहरीले बुद्ध एयरमार्फत बिहीबार साँझ पठाउने तयारी गरेपनि ढिलो भएपछि आजलाई सारिएको हो ।

बयान सकिए पनि त्यसलाई प्रमाणीकरण गराउँदा राति अबेर भएपछि उनलाई आज मात्र पोखरा पठाइने अवस्था आएको एक प्रहरी अधिकृतले जानकारी दिए ।

तपाईको बिचार