तोकिए उपनिर्वाचनका लागि निर्वाचन अधिकृत  (सूची)

तोकिए उपनिर्वाचनका लागि निर्वाचन अधिकृत  (सूची)

663

काठमाण्डौं । निर्वाचन आयोगले आगामी मंसीर १६ गते हुने उपनिर्वाचनउपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत तोकेको छ।

निर्वाचन आयोगको बैठकले उपनिर्वाचनका लागि जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत र राजपत्रांकित कर्मचारीलाई निर्वाचन अधिकृत तोकेको आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाले जनाएका छन्। आयोगले ३२ जना न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत र ६ जना राजपत्रांकित कर्मचारीलाई निर्वाचन अधिकृत तोकेको हो।

उनीहरूले कात्तिक ३० गतेसम्म सम्बन्धित स्थानीय तहको केन्द्र तथा वडा केन्द्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसक्ने आयोगले जनाएको छ। अब उपनिर्वाचन हुने स्थानमा निर्वाचन सम्बन्धी कार्य निर्वाचन अधिकृतको कार्यालयबाट हुनेछन्।

उपनिर्वाचन हुने स्थानीय तहमा दुई लाख २६ हजार ७९९ मतदाता रहेका छन्। आयोगले उपनिर्वाचनका लागि १६२ मतदान स्थल र २९३ मतदान केन्द्र तोकेको छ।

local-election_2081-1731323535

तपाईको बिचार