एकीकृत समाजवादीका सचिव चौधरीलाई मातृ शोक

एकीकृत समाजवादीका सचिव चौधरीलाई मातृ शोक

609

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सचिव एवं कोशी प्रदेश अध्यक्ष बलदेव चौधरीलाई मातृ शोक परेको छ।

सचिव चौधरीको ममतामयी माता घुटनदेवीको गएराति ९५ वर्षको उमेरमा निधन भएको हो। उनको आजै अन्त्यष्टि गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ।

यसै सन्दर्भमा पार्टी केन्द्रीय अध्यक्ष माधवकुमार नेपालले शोक वक्तव्य जारी गर्दै मृतक चौधरीप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका नुअध्यक्ष नेपालले शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दै शोक वक्तव्यमा भनेका छन् ,‘हाम्रो पार्टी नेकपा (एकीकृत समाजवादी) केन्द्रीय कमिटीका सचिव बलदेव चौधरीकी ममतामयी आमा घुटनदेवी चौधरीको मिति २०८१ कार्तिक २८ गते निधन भएको खवरले हाम्रो पार्टी स्तब्ध र मर्माहत भएको छ।’

‘असहज परिस्थितिमा पनि राजनीति र समाजसेवामा लाग्न परिवारका सदस्यहरुलाई अभिप्रेरित र सहयोग गर्ने उहाँप्रति हामी सम्मान व्यक्त गर्दछौँ । शोकको यस घडीमा स्व.घुटनदेवी चौधरीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै बलदेव चौधरीसहित मातृ वियोगले शोकाकुल सम्पूर्ण परिवार तथा आफन्तजनमा गहिरो समवेदना व्यक्त गर्दछौँ।’ भनिएको छ ।

तपाईको बिचार