एमाले कोशी प्रदेश सम्पर्क कमिटी स्थानीय उत्पादनसँग जोडिँदै

एमाले कोशी प्रदेश सम्पर्क कमिटी स्थानीय उत्पादनसँग जोडिँदै

1042

काठमाडौं । नेकपा एमाले कोशी प्रदेश सम्पर्क कमिटी स्थानीय उत्पादनसँग जोडिने प्रयास गरेको छ । कमिटीले स्थानीय उत्पादनको प्रवर्धन गर्ने उदेश्यले स्थानीय स्तरमा उत्पादित बस्तुको स्टल तयार गरी प्रचार प्रसार गर्ने भएको छ ।

प्रदेशका १४ जिल्लामा उत्पादन भएका वस्तुको बजारीकरण र प्रवर्धनका लागि सहयोग पुगोस भन्ने उदेश्यले कमिटीले मंसिर १ गते शनिवार एमाले मुख्यालय तुलसिलाल स्मृति भवन च्यासलमा उत्पादनको प्रदर्शनी गर्ने भएको नेकपा एमाले कोशी प्रदेश सम्पर्क कमिटीका प्रचार प्रसार विभाग प्रमुख राजेन्द्र गुरङले जानकारी दिए ।

सर्वसाधारणलाई उत्पादनसँग जोड्दै परनिर्भरता कम गर्न कमिटीले अन्य कार्यक्रम पनि गर्दै आएको छ । यसअघि कोशी प्रदेश कमिटीको महिला विभागले तीजको अवसरमा महिलालाई व्यवसायिक तथा सीपमूलक तालिम दिएको थियो ।

कमिटीले स्थानीय उत्पादनको प्रवर्धन गर्ने भएकोले आवश्यक स्थानीय उत्पादन खरिद तथा विक्रीको लागि आव्हान समेत गरेको छ । १४ बटा जिल्लाको स्टल समेत खडा गरी उत्पादित बस्तुको बजारीकरण गर्ने जनाएको छ ।

सो अवसरमा कोशी प्रदेश सम्पर्क कमिटीको भेला तथा समेत हुने कार्यक्रममा सहभागीको निशुल्क दन्त परीक्षणका साथै उत्कृष्ट उत्पादकलाई पुरष्कृत गरिने बताईएको छ । कार्यक्रममा हालै सम्पपन्न फुटसल प्रतियोगिताका उत्कृष्ट टिमलाई पुरस्कार वितरण गर्ने बताईएको छ ।

तपाईको बिचार