काठमाडौं । नेकपा एमाले इलामको ११औं जिल्ला अधिवेशन आजदेखि सुरु हुँदैछ। इलाम नगरपालिकाको गौतम बुद्ध सभाहलमा दुई दिनसम्म चल्ने अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ।
अधिवेशनले जिल्ला कमिटी अध्यक्ष, उपाध्यक्ष, सचिव, दुई उपसचिव गरी पाँच पदाधिकारीसहित १०५ सदस्सीय जिल्ला कमिटी निर्वाचित गर्ने एमाले इलामले जनाएको छ ।
अधिवेशनका लागि इलामका सबै १० वटै स्थानीय तह, इलाका कमिटी र जनवर्गीय संगठनबाट ५ सय ८३ जना प्रतिनिधि छनोट भएका छन् ।
जिल्लाको नयाँ नेतृत्वका लागि गणेश बराल, नरेन्द्रनाथ भट्टराई र डा. देवी क्षेत्री दुलाल लगायतका नेताहरु आंकाक्षी छन्।
तपाईको बिचार