करेन्ट लगाएर माछा मार्ने क्रममा दाङको तुलसीपुरमा एकको मृत्यु

करेन्ट लगाएर माछा मार्ने क्रममा दाङको तुलसीपुरमा एकको मृत्यु

641

काठमाण्डौं । करेन्ट लगाइ माछा मार्ने क्रममा दाङको तुलसीपुरका एक जनाको मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका – ७ गैरापातु अमेल्चिनगर टोलका अन्दाजी ४० बर्षीय सम्शेर चलाउनेको करेन्ट लगाइ माछा मार्ने क्रममा मृत्यु भएको हो।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार स्थानीय कमला विकको घरबाट विद्युतको तार १०० मिटर टाढोको खोलामा लगेको अवस्थामा फेला पारेपछि प्रहरीले घटना अनुसन्धानका लागि स्थानीय तीन जनालाई नियन्त्रणमा लिएको छ।

स्थानीय ४५ वर्षीय बलबहादुर बोहरा, ६२ वर्षीय गोरे वली र १२ वर्षीय सञ्तोष विकलाई घटना अनुसन्धानका लागि नियन्त्रणमा लिइएको बताएको छ ।

तपाईको बिचार