पाँचथर । गैरसरकारी संस्था महासंघ जिल्ला शाखा पाँचथरको अध्यक्षमा क्षोमाया तामाङ चयन भएकी छन् । पाँचथरको सदरमुकाम फिदिममा भएको आठौँ जिल्ला अधिवेशनबाट तामाङ अध्यक्षमा चयन भएकी हुन् ।
महासंघको उपाध्यक्षमा कमल कुमारी योङहाङ, सचिवमा सहमान विश्वकर्मा, सहसचिवमा प्रदिप भण्डारी चयन भएको उक्त शाखाले जनाएको छ ।
त्यसैगरी कोषाध्यक्षमा भाष्कर रिजाल, सदस्यहरुमा कुशल गुरुङ, सहरसिं तामाङ, रचना नेम्बाङ, तेजमाया नेम्बाङ, बिष्णु अधिकारी, आशिष आङवो, जितेन चेम्जोङ, इश्वरी निरौला, लोकबहादुर रिमाल, बिमला नेम्बाङ र सन्दिप तुम्रोक चयन भएका छन् । समितिले गैरसरकारी संस्था महासंघको हकहित र उन्नयनका लागि निरन्तर लागि पर्ने अध्यक्ष तमाङले बताइन ।
तपाईको बिचार