काठमाडौं । कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई २ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । उनीमाथि सरकारी कागजात कीर्ते र मानव तस्करीको आरोपमा अनुसन्धान गर्न हिरासतमा राख्नुपर्ने भन्दै प्रहरीले जिल्ला अदालत काठमाडौंमा पेश गरेको थियो । अदालतले उनलाई २ दिन हिरासतमा राख्न अनुमति दिएको जिल्ला प्रहरी परिसरले जानकारी दिएको छ ।
आइतबार मोरङको विराटनगरमा पक्राउ परेका उनलाई हवाइजहाजमार्फत काठमाडौं ल्याइएको थियो । उनलाई आइतबार मध्याह्न बरगाछीस्थित निवासबाट प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीमाथि जापानमा जाँदा असम्बन्धित मान्छेलाई लिएर गएर मानव तस्करीको प्रयास गरेको आरोप छ ।
विवादमा परेपछि उनले मन्त्री पदबाट राजीनामा दिएका थिए भने नेकपा एमालेले उनलाई पार्टीका पदहरुबाट निलम्बन गरेको छ ।
तपाईको बिचार