गैरसरकारी संस्था महासंघ इलामको अध्यक्षमा थामी

गैरसरकारी संस्था महासंघ इलामको अध्यक्षमा थामी

687

इलाम । गैरसरकारी संस्था महासंघ इलाम शाखाको अध्यक्षमा भक्त थामी निर्वाचित भएका छन् । शनिबार इलाम सदरमुकाममा सम्पन्न शाखाको १० औं जिल्ला अधिवेशनले थामीको अध्यक्षमा ९ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ ।

समितिको उपाध्यक्षमा इन्दिरा घिमिरे, सचिवमा मनकुमार बराइली, सहसचिवमा कमला राया घिमिरे र कोषाध्यक्षमा शंकर आचार्य निर्वाचित भएका छन् ।

सदस्यहरुमा नेत्रप्रसाद लुईटेल , सारदा उप्रेती, नानुका खत्री र दिपा आचार्य निर्वाचित भएका छन् । अधिवेशन निवर्तमान अध्यक्ष कमल नेपालको अध्यक्षतामा भएको थियो ।

तपाईको बिचार