काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले उपनिर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गर्न प्रदेश कमिटीलाई निर्देशन दिएको छ । आगामी मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि उम्मेदवारका नाम सिफारिस गर्न सम्बन्धित प्रदेश कमिटीलाई निर्देशन दिएको हो ।
पार्टीले स्थानीय तहका आवश्यकता बुझेका, अनुभवी, साङ्गठनिक क्षमता भएका, जनताका समस्या समाधान गर्न सक्ने तथा विकास-निर्माणका काम गर्ने क्षमता भएका नेताहरूको पहिचान गरी कात्तिक मसान्तभित्र सिफारिस गर्न सम्बन्धित प्रदेशलाई निर्देशन दिएको सचिव सोमप्रसाद पाण्डेले जानकारी दिए ।
पार्टीले समान विचारधारा भएका पार्टीसँग सहकार्य गर्ने बाटो खुला गरेको छ । तर सत्तारुढ दलहरूसँग चुनावी गठबन्धन नगर्ने बताएको छ ।
जिल्ला समन्वय समितिका प्रमुख २, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ४, नगरपालिका प्रमुख एक, उपप्रमुख एक र वडाध्यक्ष ३४ गरी जम्मा ४४ रिक्त पदका लागि निर्वाचन हुनेछ । निर्वाचन आयोगले लागि मङ्सिर २ गते मनोनयन दर्ता गर्ने समयसीमा तोकेको छ ।
तपाईको बिचार