काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक बोलाएको छ । बैठक शनिबार बिहान साढे ११ बजे पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने भएको हो ।
बैठकमा समसामयिक राजनीतिका विषयमा छलफल हुने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । त्यस्तै पार्टीको सांगठनिक गतिविधि, आगामी राजनीतिक सहकार्यका न्यूनतम मुद्दाहरू र सङ्घर्षका मोडालिटीहरु,स्थानीय तह उपनिर्वाचन परिचालन र विविध विषयमा पनि बैठकमा छलफल हुनेछ । पार्टी सभापति रवि लामिछाने भने सहकारीको रकम अपचलन प्रकरणमा अनुसन्धानका लागि प्रहरी हिरासतमा छन् ।
तपाईको बिचार