काठमाडौं । नेकपा (एमाले) ले मोरङको ग्रामथान गाउँपालिका अध्यक्षको उमेदवारका लागि ३ जनाको नाम सिफारिस गरेको छ । आउँदो मंसिर १६ गते हुने उपनिर्वाचनका लागि एमाले जिल्ला कमिटीले ३ जनाको नाम प्रदेशमा सिफारिस गरेको हो ।
एमाले कोसी प्रदेश उपसचिव देवान राइले तुलसी विश्वासी, कृष्णकुमार माझी र निर्मला अधिकारीको नाम जिल्लाबाट सिफारिस भएर आएको जानकारी दिए ।
२०८० माघमा ब्रेन ह्याम्रेज भएर बिरामी परेका ग्रामथानका अध्यक्ष जयप्रकाश गच्छदारको गत असार ३ मा निधन भएपछि उक्त पदमा उपनिर्वाचन हुन लागेको हो ।
मोरङको ग्रामथान अध्यक्षको उम्मेदवारका लागि एमालेबाट ३ जना सिफारिस

तपाईको बिचार