सरकार सफल बनाउन एमाले- कांग्रेसले बनाए संयन्त्र

सरकार सफल बनाउन एमाले- कांग्रेसले बनाए संयन्त्र

957

काठमाडौं । सत्तारुढ दल एमाले कांग्रेसले सरकारलाई प्रभावकारी बनाउन बेग्लै संयन्त्र बनाएका छन् । ७ बुँदे सहमतिअनुसार सरकारलाई प्रभावकारी ढंगले चलाउन दुई दलका शीर्ष नेताहरु सम्मिलिन संयन्त्र बनाइएको हो ।

सरकारलाई प्रभावकारी ढंगले सञ्चालन गर्न प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले ८ सदस्यीय संयन्त्र बनाएको एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए ।

संयन्त्रमा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमाल रहेका छन् । कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री आरजु राणा सदस्य छन् ।

केन्द्रमा मात्रै नभई प्रदेश र जिल्ला तहमा पनि  ६ सदस्यीय संयन्त्र बन्ने उनको भनाइ छ ।

तपाईको बिचार