सभापति लामिछाने पक्राउको विरोधमा आज पनि रास्वपा सडकमै

सभापति लामिछाने पक्राउको विरोधमा आज पनि रास्वपा सडकमै

605

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज पनि विरोध प्रदर्शन जारी राख्ने भएको छ । सभापति रवि लामिछाने पक्राउको विरोधमा रास्वपा विगत दिनबाट सडक आन्दोलनमा छ ।

सरकारले प्रतिशोध राखेको भन्दै रवि रिहाईको माग गर्दै आइरहेको रास्वपाले आज पोखराको मानवअधिकार चोकसहित विभिन्न जिल्लामा विरोध कार्यक्रम गर्ने भएको हो ।

पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले आज दिउँसो ४ बजे पोखराको मानवअधिकार चोकसहित विभिन्न जिल्लामा विरोध कार्यक्रम गर्ने जानकारी दिए ।

तपाईको बिचार