रविलाई १० दिन हिरासतमा राख्न अनुमति

रविलाई १० दिन हिरासतमा राख्न अनुमति

835

काठमाडाै । सहकारी ठगी काण्डमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप १० दिन हिरासतमा राख्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ ।

कार्तिक १५ गतेदेखि गणना हुनेगरी अदालतले प्रहरीलाई अनुसन्धान गर्न थप समय दिएको कास्की जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।

मंगलबारसहित लामिछानेलाई तेस्रो पटक म्याद थप गरिएको छ । यसअघि सुरुमा ६ दिन, त्यसपछि ७ दिन र अहिले १० दिन म्याद थपिएको हो ।

कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका थिए ।

तपाईको बिचार