काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले विविधतायुक्त नेपाली समाजलाई समृद्ध बनाउन सबै समुदायका संस्कृति, मौलिक परम्परा, चाडपर्वको महत्त्व रहेको बताएका छन् ।
हिन्दु धर्मावलम्बीको पर्व तिहारका अवसरमा शुभकामना दिंदै पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले देशको पहिचान र परम्परालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा प्रवर्द्धन गर्न हरेक समुदायले आफ्नो मौलिक, धर्म, संस्कृतिको संरक्षण गर्नुपर्ने विचार व्यक्त गरेका छन् ।
बहु जातीय, बहुभाषिक, बहु धार्मिक, बहु सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त समाजले समग्र नेपालीलाई एकताबद्ध गरी राष्ट्रियतालाई बलियो बनाउने उल्लेख गरे ।
विभिन्न चाडपर्व, धार्मिक परम्परा र संस्कृतिले मानव जीवनमा सकारात्मक ऊर्जा प्रदान गर्ने बताउँदै उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं प्रगतिको कामना गरेका छन् । अध्यक्ष नेपालले संस्कृतिको संरक्षणबाट विभिन्न समुदायबिच आपसी मेलमिलाप, सहअस्तित्व, भ्रातृत्व, सामाजिक सद्भाव सुदृढ गरी सामाजिक एकता कायम गर्न सकिने बताए ।
तपाईको बिचार