भान्छाकाेठामा महिला मृत भेटिए

भान्छाकाेठामा महिला मृत भेटिए

623
काभ्रे । काभ्रेको रोशीमा एक महिला आफ्नै भान्साकाेठामा मृत भेटिएकी छन् ।
रोशी गाउँपालिका– ३ भञ्ज्याङ निवासी साइँलाकाजी तामाङकी पत्नी ६६ वर्षीया माइली लामा हिजाे(शुक्रबार) साँझ आफ्नै घरको भान्सा कोठामा मृत फेला परेकी हुन् ।

तामाङ मृत फेला परेको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी खहरेपाँगुबाट प्रहरी सहायक निरीक्षक निलकुमार स्याङतानको कमाण्डमा गएको प्रहरी टोलीले घटनाको अनुसन्धान अघि बढाइएको छ ।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय काभ्रेबाट प्रहरी निरीक्षक दिनेशबहादुर कुँवरको कमाण्डमा गएको प्रहरी टोली पनि गएर अनुसन्धान गरिरहेको काभ्रेका डीएसपी मिनबहादुर घलेले जानकारी दिए ।

तपाईको बिचार