देवघाटमा त्रि-दिवसीय सामुहिक गौ पुजन

देवघाटमा त्रि-दिवसीय सामुहिक गौ पुजन

925

देवघाट । योगी नरहरिनाथ संरक्षण केन्द्र भरतपुर १ देवघाटको आयोजनामा सामुहिक गौ पुजन सुरु भएको छ । कात्तिक १५ गतेदेखि १७ गतेसम्म सामुहिक गौ पुजन सुरु भएको छ । लक्ष्मी पुजाको अवसरमा गाईको संरक्षण गर्ने उदेश्यले सो कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक नवराज ढकालले जानकारी दिए ।

हिन्दु धर्म र गौमाताको महत्त्व दर्शाउन सबै जना लाग्नुपर्ने ढकालको भनाइ छ । बि.स. २०५२ सालमा राष्ट्र गुरु योगी नरहरिनाथ ज्युबाट गौ संरक्षण केन्द्रको स्थापना गरिएको हो ।

सो कार्यक्रममा गोरक्षपिठका पिठाधीस योगी शृषनाथको संरक्षक र १८ पूराणका व्याख्याता एवं अन्तरास्ट्रिय कथा व्यास गुरु कुबेर सुबेदीको प्रमुख आतिथ्यता रहनेछ । कार्यक्रममा चितवन सहित विभिन्न जिल्लाका धार्मिक अनुयायीहरुको उपस्थिति रहने आयोजकले बिश्वास लिएको छ ।

तपाईको बिचार