काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सिंहदरबार वैद्यखानालाई सबै मिलेर सुधार्ने संकल्प गर्नुपर्ने बताएका छन् ।
बुधबार सिंहदरबार वैद्यखानाको ३० औँ वार्षिकोत्सव समारोहमा बोल्दै उनले वैद्यखानाले ९० प्रतिशत आयुर्वेदिक औषधी भने बाहिरबाट आयात गर्नुपरेको दुरावस्था सुनाए ।
स्वास्थ्यमन्त्री पौडेलले सबै मिलेर वैद्यखाना बनाउने साथै अवस्था सुधार गर्ने सङ्कल्प लिनुपर्ने बताए । मन्त्री पौडेलले आयुर्वेदिक औषधीको उत्पादन बढाइ बाहिरी मुलुकबाट हुने आयात बन्द गर्न जरुरी रहेको बताएका छन् ।
वैद्यखानालाई आत्मनिर्भर बनाउन सरकारको तर्फबाट गर्नुपर्ने आवश्यक काम गर्न मन्त्रालय तयार रहेको भन्दै उनले सिंहदरबार वैद्यखानालाई अब पनि टालटुल गरेर अघि लैजाने स्थिति नरहेको भन्दै अब सबै मिलेर उकास्नुपर्ने भन्दै नेपालले आयुर्वेदिक औषधीको मामिलामा आत्मनिर्भर मात्र नभई निर्यात गर्ने क्षमता बनाउन सबै पक्षको ध्यान जानुपर्ने बताए ।
तपाईको बिचार