रङ्गोलीको इतिहास र महत्त्व !

रङ्गोलीको इतिहास र महत्त्व !

1061
सीता ओझा

केहि वर्ष अघिसम्म नदेखिएका कतिपय प्रचलनहरू अहिले एकाएक संस्कार र संस्कृतिको रूपमा विकास भइरहेका छन् । त्यस्ता प्रचलनहरू हाम्रै हुन या विश्वव्यापीकरणकोले प्रवेश गराएका हुन भनेर हामीले पहिचान गर्न सक्नुपर्छ । यस्ता कुराहरू पहिचान गर्न सकिएन भने हाम्रो संस्कृतिभित्रको प्राकृति गुण नष्ट भएर जाने र आयातीत प्रचलनलाई संस्कृति मान्ने अवस्था सृजना हुनसक्छ।

हाम्रो संस्कृति हो या होइन थाहै नपाई,झट्ट हेर्दा प्रभाव पार्ने धेरै कुराहरू हामीले भित्र्याइसकेका पनि छौ । अहिले हामीले बनाउने रङ्गोली भारतीय संस्कृति हो।रङ्गोलीलाई शुभको प्रतीक मानिन्छ । खासगरी लक्ष्मीको पाइला बनाएर मात्रै घरमा रङ्गोली तयार पारिन्छ।रङ्गोलीको वरिपरी बत्ती बाल्यो भने रङ्गोलीको सुन्दरता अझ बढ्छ।वास्तवमा लक्ष्मीपूजाको दिन घर-आँगनमा रङ्गोली बनाउने चलन हाम्रो थिएन र होइन।रङ्गोली लगायतका फरकफरक ठाउँका प्रचलनहरू विश्वव्यापी करणले संसारका हरेक स्थानमा भित्रिँदै गरेको र भित्री सकेको अवस्था छ ।

यस्ता हेर्दा झट्ट आँखा पर्ने कुराहरू बनाउने ठाउँ अनुसार फरकफरक विशेषता बोकेका हुने गर्छन् । रङ्गेलीले पनि ठाउँ अनुसारको विशेषता बोकेको छ। रङ्गोली ठूलो,सानो,आकर्षक या सामान्य जस्तो पनि हुनसक्छ ।यसमा विभिन्न रंग,गेडागुडी,अन्न तथा फूल आदि उपलब्धताको आधारमा प्रयोग गर्ने गरिन्छ ।

विशेषगरि तिहारमा नेपालीले पनि रङ्गोली बनाउन थालेका छन् । नेपालीले घरमा मात्रै होइन विभिन्न आफू जोडिएका संघसंस्थामा पनि रङ्गोली बनाउने प्रचलन बढ्दो छ । कतिपयले त रङ्गोलीको प्रतियोगिता नै गरेको समाचारहरू पढ्न पनि पाइएको छ ।

रङ्गोलीमा धेरै किसिमका शुभ चिन्ह भएकाले रङ्गोली बनाउँदा विभिन्न खालका आकृति बनाउन सकिन्छ। यो तिहारमा मात्रै होइन,अन्य शुभ कार्यहरूमा पनि रंगोली बनाउन मिल्छ ।

जस्तै : विशेषगरी गृह प्रवेश गर्ने स्थानमा रङ्गोली बनाउनुपर्छ भन्ने चलन भेटिन्छ ।

रङ्गोलीको इतिहास

प्राचीन कालमा रङ्गोलीलाई अल्पना भनिन्थ्यो । अल्पनाको अर्थ लेप लगाउनु हुन्छ । प्राचीन कालका घरहरूमा रङ्गीन तथा कलात्मक चित्रहरूको लेपनले घरमा धनधान्य हुन्छ भन्ने विश्वास गरिन्थ्यो । त्यसैले विशेषगरी तिहार तथा उत्सवहरूमा रङ्गोली बनाइन्थ्यो । रङ्गोलीले समृद्धि तथा खुसियाली ल्याउने विश्वास गरिन्छ । मोहन्जोदडो एवं हरप्पा संस्कृतिमा यस्ता कलाकृतिले घर सजाइन्थ्यो तर अहिलेका घर निर्माण गर्दै साजसज्जाले अत्याधुनिक छन् ।

अहिले सबैले रङ्गोलीको महत्त्व बुझेका छन कि छैनन् ? थाहा छैन तर हरेकले आँगनतिर रङ्गोली बनाएर उत्सव मनाउन थालेका छन्।यस्तो गर्नु भनेकै विश्वव्यापीकरण हो।

रङ्गोलीको महत्व

रङ्गोलीलाई धार्मिक एवं सांस्कृतिक आस्था र शुभको प्रतीक मानिन्छ । यो पूजापाठको प्रकृयाको एउटा महत्वपूर्ण अंग पनि हो ।
कुनै पनि धार्मिक कर्मकाण्ड गर्नुपूर्व रङ्गोली/हामीले बनाउने चामलक पिठोको रेखी बनाउने प्रचलन सनातन धर्म,संस्कृति र संस्कारमा अनिवार्य जस्तो देखिन्छ । भारतमा प्राय:चाडपर्वको समयमा गाउँघरमा आँगन लिपेर त्यसमा पिठो,अबिर,बेसार,फुल आदि प्रयोग गरी रङ्गोली बनाउने प्रचलन अहिले पनि छ । नेपाली संस्कृतिमा आँगनलाई लिपेर सुन्दर बनाउने चलन लामो समयदेखि चल्दै आएको थियोे र छ ।तर रङ्गोली संस्कृति चाहिँ आयातित हो ।

निर्माण विधि

रङ्गोली ३ तरिकाले बनाउन सकिन्छ ।
१,सुख्खा रङ्ग
२, गिलो रङ्ग प्रयोग गरेर

३,फूूल  र रङ्गको प्रयोग गरेर

रङ्गोलीको उत्पत्ति र विकासमा प्राकृति रङ्ग पिठो,बेसार, सिधुरे आदिको प्रयोग गरिन्थ्यो । अहिले त विभिन्न प्रकारका सुख्खा तथा गिला रङ्गहरू बजारमा नै पाइने गर्छन् ।

रङ्ग‍ोली कसरी बनाउने होला  ?

चकले चित्राकंन गरेर त्यसमा रंग भर्दा पनि उत्कृष्ट रङ्गोली बन्छ । रङ्गोलीको लागि कोरिएको सेतो चित्राकंनमा आवरणमा सेतो पिठो राख्ने र चित्रको आवश्यकता अनुसार अन्य रङ्ग थप्दै जान सकिन्छ ।

विशेषगरी रङ्गोलीहरू ज्यामितीय आकृति तथा फूल र पातसँग धेरै जोडेको देखिन्छ ।

अहिले नेपालमा देखिएका रङ्गोलीहरू मन्डला आकारमा लहरे फुल,मयुरको आकृति र स्वस्तिक चिन्नमा धेरै देखिएका छन् । व्यापारी करणका कारण अहिले बजारमा तयारी रङ्गोलीहरू पनि उपलब्ध हुन थालेको छ।

रङ्गोलीको स्वरुपको बाहिरी आवरण बनाएपछि आफूसँग भएका सामग्रीले घरमै रङ्गोली बनाउने/बालबालिकालाई बनाउन लगाउने कुराले बालबालिकालाई ज्यामितिय ज्ञान सिकाउन मद्दत गर्छ साथै घरको कामसँग बालबालिकालाई जोड्न र घर सबै मिलेर सजाउन सकिन्छ । यस्तो कार्यले मन प्रसन्न हुन्छ र परिवारमा शान्ति कायम गर्ने वातावरण बन्छ।

तपाईको बिचार

सम्बन्धित खबर