क्यान्टोनमेन्टमा भएको घोटालाबारे प्रचण्ड सहित १३ जनाविरुद्ध अख्तियारमा उजुरी

क्यान्टोनमेन्टमा भएको घोटालाबारे प्रचण्ड सहित १३ जनाविरुद्ध अख्तियारमा उजुरी

715

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित १३ जनाविरुद्ध अख्तियारमा उजुरी परेको छ ।

लडाकू शिविर (क्यान्टोनमेन्ट) मा भएको घोटालाबारे छानबिन गर्न माग गर्दै कानुनव्यवसायी युवराज सफलले १३ जना विरुध्द अख्तियारमा उजुरी गरेका हुन् ।

उनले माओवादी अध्यक्ष ‘प्रचण्ड’, उपमहासचिव वर्षमान पुन, जनार्दन शर्मा, पूर्व उपराष्ट्रपति नन्दकिशोर पुन तथा चक्रपाणि खनालसहित १३ जनाविरुद्ध उजुरी हालेका हुन् ।

उजुरीमा विस्तृत शान्ति सम्झौतापछि सेना समायोजनका क्रममा माओवादी नेता कार्यकर्तालाई समेत सेनाको पोशाक दिएर फोटो खिचाइ रकम निकासा गरिएको उल्लेख छ । माओवादी अध्यक्ष ‘प्रचण्ड’ले स्वयंले ७ हजार सेनालाई ३५ हजार पुर्‍याएर २० हजार भेरिफिकेसनमा परेको एक भिडियोमा उल्लेख गरेको विषयलाई समेत उजुरीमा प्रमाणका रूपमा व्याख्या गरिएको छ ।

त्यस समयमा संयुक्त राष्ट्र संघीय मिसन (अनमिन) ले १९ हजार ६ सय सेना प्रमाणीकरण गरेको थियो । सफलले माओवादी शिविर व्यवस्थापन गर्दा ६ वर्षको अवधिमा २० अर्ब खर्च भएको र अधिकांश रकम प्रचण्डको योजनामा निकासा भएकाले त्यो भ्रष्टाचार भएको उल्लेख गरेका छन् ।

तपाईको बिचार