कास्की। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सहकारी अपचलनमा संलग्न जो कसैलाई कारवाही हुनुपर्ने र बचतकर्ताले आफूले जम्मा गरेको पैसा फिर्ता पाउनुपर्नेमा जोड दिएका छन् ।
समाजवादी प्रेस संगठन कास्कीले सोमबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले दोषी जो कसैले उन्मुक्ति नपाउन्, निर्दोशी कोही पनि नफसुन् राजनीतिक पूर्वाग्रहका आधारमा केही पनि नपरुन भन्ने विचार राखेका थिए । सरकारले बचतकर्ताको पैसा पाउने वातावरण बनाउनुपर्दछ’ उनले भने ।
एकीकृत समाजवादीले अहिले अन्य कुनै पार्टीसँग पनि मिल्ने सोच नराखेको र स्थिति पनि नबनेको भन्दै अध्यक्ष नेपालले विचार मिल्ने शक्तिसँग मोर्चा बनाएर जान आफूहरू तयार रहेको बताए ।
तपाईको बिचार