दशैँ विदाको मौकामा न्यू स्टार स्कुलका विद्यार्थीलाई धमाधम सिर्जनात्मक तालिम

दशैँ विदाको मौकामा न्यू स्टार स्कुलका विद्यार्थीलाई धमाधम सिर्जनात्मक तालिम

95

दाङ । यतिबेला मुलुकभरका अधिकांस विद्यालयले बिदा मनाइरहेका छन् भने विद्यार्थीहरु फुर्सदिला । उता दशै तिहारको लम्बेतान विदाले सहरिया अभिभावक बालबालिका घुमाउन ब्यस्त रहेपनि ग्रामिण क्षेत्रका अभिभावक पक्कै पनि दबाबमा छन् । धान काट्ने चटारोबिच बालबालिकालाई समय दिनुपरेपछि उनीहरुले दबाब महसुस गरेको बुझिन्छ ।

तर , तुलसीपुर –१८ बिजौरीस्थित न्यू स्टार इङ्लिस स्कुल दाङका प्रधानाध्यापक शरण जिएमलाई भने भ्याइनभ्याइ देखिन्छ । उनी बिदाका दिनलाई पनि विद्यार्थीका लागि रचनात्मक तथा आत्मनिर्भर शिक्षा प्रदान गर्न, विविध विषयका प्रशिक्षक खोज्न र सोही अनुरुप तालिका बनाउन व्यस्त देखिएका छन् ।

‘ बिदाको अवसर पारेर हामीले बिद्युत वायरिङ, दुना–टपरी तयारी, कथा–कविता लेखन र जग्गा नापी लगायतका तालिमहरु विशेषज्ञ मार्फत् नै दिइरहेका छौँ । आजै कथा र कविता लेखन कार्यशाला सम्पन्न भयो । भोलि अमिनसम्बन्धि तालिम हुदैछ ।’ प्रधानाध्यापक शरण जिएमले सुनाए ।

यसखाले तालिमले बालबालिका निकै उत्साही भएको अतिरिक्त कार्यक्रमकी संयोजक रन्जु भन्डारीले बताइन् ।
प्रअ जिएमका अनुसार बिद्युत वायरिङ् शिशिर पुन, दुना टपरी तालिम रन्जु भण्डारीले दिएकी थिइनु भने कथा र कविता लेखन क्रमशः सूर्य बिसी र प्रमोद धितालले दिएका थिए । त्यसैगरी नापी सम्बन्धि तालिम चुडामणि रावतले दिने भएका छन् ।

तपाईको बिचार

सम्बन्धित खबर