राजनीतिक परिवर्तनका लागि असाधारण योगदान गरेका एमाले र कांग्रेसले डेमोक्रेसी मर्न दिँदैनन्- प्रधानमन्त्री

राजनीतिक परिवर्तनका लागि असाधारण योगदान गरेका एमाले र कांग्रेसले डेमोक्रेसी मर्न दिँदैनन्- प्रधानमन्त्री

757

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले र नेपाली कांग्रेसले लोकतन्त्र मर्न नदिने बताएका छन् । काठमाडौंमा कोप २९ सम्मेलनको पूर्वसन्ध्यामा शनिबार वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको राष्ट्रिय जलवायु सम्मेलनलाई सम्बोधन गर्दै उनले राजनीतिक परिवर्तनका लागि कांग्रेस र एमालेले असाधारण योगदान गरेको बताएका हुन् ।

प्रधानमन्त्री ओलीले भने, ‘सरकारमा नेकपा एमाले, नेपाली कांग्रेस यी दुई वटा नेपालको राजनीतिक, सामाजिक, यस इतिहासमा परिवर्तनका कुराहरुमा, योगदानका कुराहरुमा र परिवर्तन साकार पार्नका लागि लड्ने कुराहरुमा यी पार्टीहरु सदैव अग्रणी रहेका हुन् ।

यिनले असाधारण योगदान पनि गरेका छन् । यिनको प्रतिवद्धता छ । यी पार्टीले डेमोक्रेसी मर्न दिँदैनन ।’ वन क्षेत्रलाई सरकारले ४० प्रतिशतभन्दा तल झर्न नदिने उनले प्रतिवद्धता जनाए ।

तपाईको बिचार