काठमाडौं । आक्रोशित रास्वपा कार्यकर्ताले निसेधित क्षेत्र तोड्न खोजेपछि पोखरामा प्रदर्शनकारीमाथि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ ।
कास्की जिल्ला अदालतले सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासत राख्न अनुमति दिएसँगै कार्यकर्ताहरु आक्रोशित भएका हुन् । उनीहरुलाई निषेधित क्षेत्र प्रवेश गर्नेक्रममा प्रहरीले बल प्रयोग गरेको छ । सो क्रममा २ सेल अश्रुग्यास हानिएको छ ।
रवि लामिछाने पक्राउ परेदेखि निरन्तर आन्दोलित पार्टी कार्यकर्ता र समर्थकले नारावाजी गरिरहेका छन् । प्रहरीले पानीको फोहोरा फ्याँक्ने गाडी पनि तयारी अवस्थामा राखेको छ ।
तपाईको बिचार