काठमाण्डौं । सहकारी पीडित र रास्वपाको प्रदर्शनले जनजीवन प्रभावित हुने गरेको छ । निरन्तर प्रदर्शनले पोखराको जनजीवन प्रभावित बनेको छ । सूर्यदर्शन सहकारीकापीडित र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कार्यकर्ताको प्रदर्शनले ठाउँ-ठाउँमा सडक अवरुद्ध र ट्राफिक जाम हुने गरेका छन् ।
पूर्वगृहमन्त्रीसमेत रहेका रास्वपा सभापति रवि लामिछाने र पूर्व प्रहरी नायब महानिरीक्षक छविलाल जोशीलाई म्याद थपका लागि बिहीबार कास्की अदालतमा लगिरहँदा निषेधाज्ञाको कारण उक्त क्षेत्रको अवस्था सुनसान थियो ।
लामिछाने पक्राउ परेपछि देशैभरबाट नेता, कार्यकर्ता पोखरा केन्द्रित गरी रास्वपाले प्रदर्शन जारी राखेको छ । आज वाइचोकमा १० बजेदेखि रास्वपाको प्रदर्शन जारी छ । सँगसँगै सूर्यदर्शनका पीडित बचतकर्ताले मुस्ताङचोकमा प्रदर्शन गरिरहेका छन् ।
दुवै पक्षको विरोध प्रदर्शनका कारण सडकमा ठुलो सङ्ख्यामा सुरक्षाकर्मीहरु परिचालन गरिएको छ । सहिदचोकमा पानीको फोहोर हान्ने गाडीसमेत सडकमै राखिएको छ ।
मुख्य पर्यटकीय क्षेत्र लेकसाइडको प्रवेशद्धार सहिदचोक र आसपासका क्षेत्रमा निषेधाज्ञा जारी भएपछि सर्वसाधारण र पर्यटकसमेत हिँडेरै गन्तव्यतिर जान बाध्य भएका छन् । दुबै तर्फका प्रदर्शनले जनजीवन प्रभावित बनेको बताईएको छ ।
तपाईको बिचार