सहकारी ठगी धन्दामा राष्ट्रपतिका कानुनी सल्लाहकार कुँवर कसरी तानिए ?

सहकारी ठगी धन्दामा राष्ट्रपतिका कानुनी सल्लाहकार कुँवर कसरी तानिए ?

993

काठमाडौं । राष्ट्रपतिका कानुनी सल्लाहकार बाबुराम कुँवरले रवि लामिछानेको छानबिन सम्बन्धमा आफ्ना भाइ आईजीपी बसन्त कुँवरलाई जोडेर प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । उनले आफू कानुन व्यवसायी हुँदा गरेका कामका विषयमा अहिले प्रश्न उठाइएको भन्दै आपत्ति जनाएका छन् ।

एक विज्ञाप्तिमार्फत उनले भनेका छन्– ‘एउटा कानुन व्यवसायीले कुनै पनि संस्था वा कम्पनीमा कानुनी सल्लाहकारका रुपमा भूमिका निर्वाह गर्ने, मुद्दा मामिलामा पक्ष विपक्षमा बहस पैरवी गर्ने संवैधानिक अधिकारी हो ।’

उनले आफू नेचर हब्स प्रालिको एक वर्ष ६ महिना कानुनी सल्लाहकारका रुपमा कार्यरत रहेको साँचो भए पनि त्यस प्रकरणसँग जोडिएका विषयमा आफ्नो कुनै भूमिका नभएको बताएका छन् । उनले आफू सल्लाहकार हुँदा कुनै पनि कमजोरी गरेको भए छानबिनका लागि तयार रहेको बताएका छन् ।

कुँवरले पनि करिब डेढ वर्ष आफू जिबी राईको कम्पनीमा कानुनी सल्लाहकार भएको स्वीकार गरेका छन् । तर, जिबीले सहकारीबाट ठगी गरेको रकम ती कम्पनीमा लगेको विषय आफूलाई जानकारी नभएको उनको दाबी छ ।

‘नेचर हर्ब्स भन्ने एउटा कम्पनी थियो । त्यो कम्पनीको कन्सलटेन्स थिएँ, त्यो सत्य हो । छविलाल (जोशी) मेरो गाउँको मान्छे हो, उसले जबर्जस्ती सल्लाहकार बस्नुपर्छ भनेर केही समय बसेको हुँ । करिब डेढ वर्ष सल्लाहकारका रूपमा काम गरेँ । पारिश्रमिक पनि लिएको सत्य हो । तर, त्यो कम्पनीमा सहकारीबाट पैसा आएको जानकारी थिएन, छोडेपछि मात्र थाहा पाएको हुँ । सहकारी ठगीबारे मलाई कहीँकतै जानकारी छैन ।’ गोर्खा मिडियामा आफू कानुनी सल्लाहकार नभएको कुँवरको दाबी छ ।

 

गोर्खा मिडिया नेटवर्कका अध्यक्ष जिबी राईको सहकारी ठगी धन्दामा राष्ट्रपति रामचन्द्र पौडेलका कानुनी सल्लाहकार बाबुराम कुँवरको पनि नाम जोडिएको छ । जिबीले सहकारीको रकम विभिन्न कम्पनीमा लगेर अपचलन गर्दा पूर्वप्रदेश प्रमुखसमेत रहेका कुँवर उनको कानुनी सल्लाहकार रहेको खुलेको हो । कुँवर  नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवरका दाई हुन् ।

तपाईको बिचार

सम्बन्धित खबर