जग्गादान खारेजीको माग गर्दै सर्वोच्चमा रिट

जग्गादान खारेजीको माग गर्दै सर्वोच्चमा रिट

713

काठमाडौं । भाटभटेनीका मालिक मीनबहादुर गुरुङले नेकपा एमालेलाई केन्द्रीय कार्यालय भवन बनाउन दिएको जग्गादान प्रकरणको विरुध्दमा सर्बोच्चमा रिट दायर भएको छ ।

पदमा बसेर दानका रुपमा गरिएको यति ठूलो लेनदेन सरासर भ्रष्टाचार भएको भन्दै ज्ञानकुमार बस्नेतले उक्त जग्गादान खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् । उक्त रिटमा सुनुवाइका लागि भोलि पेसी तोकिएको छ ।

यसअघि सर्वोच्च अदालत प्रशासनले रिट दर्ता गर्न मानेको थिएन ।

भाटभटेनीका मालिक गुरुङले गत असोज २५ गते काठमाडौंको कीर्तिपुर-२, मैत्रीनगरमा नेकपा एमालेलाई केन्द्रीय कार्यालय भवन बनाउन १० रोपनी १४ आना जग्गा दानमा दिएको घोषणा गरेका थिए । त्यही दिन एमाले अध्यक्ष केपी शर्मा ओली र गुरुङ दम्पतीले भवनको शिलान्यास समेत गरेका थिए ।

तपाईको बिचार