सीता ओझा
मानिसको उन्नति उसको सामाजिकआर्थिक क्रियाकलापसगँ जोडिएको हुन्छ । उसको बाल्यकालको हुर्काइ,सिकाइसगँ जोडिएका स्वभावले उसका आर्थिकसामाजिक क्रियाकलापलाई प्रभाव पार्ने गर्दछ । यस्ता क्रियाकलाप उ हुर्किएको परिवार,समाज र सामाजिक मान्यता भित्रैबाट प्रतिविम्बित हुन्छन् । यस्तै कारणले हामीलाई कहिले कसैसगँ नजिक र टाढाको भावानुभुति हुनेगर्दछ । त्यहि भावानुभुतिले मानिसलाई आफना काम,सम्बन्ध , स्वार्थ प्यारो लाग्ने गर्दछ ।
मानिसले गर्ने यस्ता टाढा र नजिकका व्यवहारको कारण नै समाजमा विभेद र अन्याय हुनजान्छ । आदर्श ,इमान र नैतिकताका कुरा गर्ने मानिस पनि यस्तो अबस्थामा आत्मकेन्द्रीत सोचको कारण सामाजिक न्याय र समानताका कुरालाई बिर्सने गर्दछौ । मानिस आफ्नो जिवनको हर समय प्रसंसा या उत्प्रेरण खोज्ने प्राणी हो । सामाजिक ,राजनीति कामसगँ जोडिएका मानिसहरू प्राय : आम नागरिकको चेतना र स्वार्थ भन्दा माथि उठेर सामुहिक भावना र स्वार्थ जोडिएर पुगेको हुनु पर्ने हो ।
मानिसले पद,प्रतिष्ठान आर्जन गर्दै जादा पद र प्रतिष्ठाको दम्भ जोड्न खोज्छन् । सरलता विर्सेर स साना कुरामा पनि औपचारी र सम्पन्न जस्तो बढकपन देखाउछन् । अलि मान मर्यादा नपुगेको जस्तोगरि मित्रता र सम्बन्धभित्र आफुलाई फरक देखाउन खोज्छन् । अरूले देखाएको सद्भावमा खोट देख्ने त्यहीँ प्रवृत्ति ,जन्मदा सगै आएको वंशिय,हुर्कदा र सिक्दा ग्रहण गरेको हिनताले मानिसलाई जटिल,घमण्डी र निहुँ खोज्ने बनाउछ । यस्तो हुनुमा अधिक गरिबी र अभाव र केही सम्पन्नताभित्रको विलासीताले प्रभाव पारेको हुन्छ । त्यहीँ बहानाले मानिसलाई औपचारिक बन्ने र आफ्नो प्रशंसाको फेरमा अरूलाई अड्याउनु पर्छ भन्ने सोच विकास हुन्छ र थाहै नपाइ मानिस साँगुरीन्छ । संकिर्ण सोचले बिस्तारै शंका र अविश्वास पैदा गर्ने ठाँउमा पुर्याउछ । शंका बढेपछि आफ्नोलाई पराइ र पराइलाई आफ्नो देख्न थाल्छ । शंका र अविश्वासले निकटता र साथ सहयोग विर्सने मात्रै होइन विस्तारै उपेक्षा र अपमान गर्दै बहिरगमन र निषेध सुरू हुन्छ । यस्तो आशंका राजनीति भित्र छिर्यो भने निष्ठा,त्याग र इमानदारिता सबै छिनभरमै सकिन्छ ।
राजनीतिज्ञसगँ जोडिएको सिद्धान्त ,जनताप्रतिको जिम्मेवारी र पारदर्शिता सकिएर व्यक्तिप्रति लक्षित तेजोबद्द मात्रै देखिन थाल्छ । नजिककाहरूको गुणगानको कारण निर्वस्त्र भएको पनि थाहा हुदैन भन्ने धेरै दन्ते कथाहरू पढ्न पाइन्छ ।त्यस्तै विषयसगँ जोडिएको एउटा सत्य र तितो यथार्थलाई अंग्रेजीबाट नेपालीमा अनुवाद गरि तल प्रस्तुत र व्याखा गर्न खोजिएको छ ।
सन १९८० अफ्रीकन देश जिम्बाब्वे व्रिटिस उपनिवेसबाट स्वतन्त्र भएपछि रबर्ट मुगाबे नामका व्यक्ति राष्ट्रपतिमा निर्वाचित भएर निरन्तर सन् २०१७ को नोवेम्बर सम्म (अपदस्थ नहुन्जेल )सत्तामा (सुरुमा प्रधानमन्त्री र सन १९८७ अपदस्त नहुन्जेलसम्म) राष्ट्रपतिको रुपमा रहे। यसरी सत्ता र शक्तिमा पुगेका उनले आफू कार्यरत रहुन्जेलसम्म आफुलाई मार्क्सबाद र लेनिनबादको सफल अनुयायीको रूपमा प्रस्तुत गर्न खोजे । उनलाई सन् १९९० मा चलेको विश्व व्यापीकरणको प्रभावले छोडेन । त्यसै कारण होला सोभियत संघको पतन पछि पनि उनले आफुलाई समाजबादी भनेर दाबी गरिरहे ।
यसरी पदआसिन भएका मुगाबेले उनको ९२ औ जन्मदिनको अवसर पारेर २०१६ को फेब्रुवरी २१ मा भब्य उत्सव मनाए । त्यो उत्सवको चर्चा विश्वभर पुग्यो । उनले नेतृत्व गरेको युवाहरूको संगठनले त्यहाँका ब्यापारीहरु लगायत नजिक ठान्नेहरूबाट १ हजार अमेरिकी डलरदेखि ५ हजार अमेरिकी डलर सम्म चन्दा ( सहयोग ) उठाए । त्यस बेलाको प्रकाशित समाचार अनुसार राज्य कोषबाट भएको अदृश्य खर्च बाहेक, ब्यापारी र अन्य सहयोगीहरूबाट जबर्जस्ति उठाइएको रकम मात्र कुल ११ लाख अमेरिकी डलर खर्च गरिएको थियो। राजधानीका सबै प्रशासक, सांसद , विद्यालयका बिद्यार्थीहरु सहित करीब ५२,००० भन्दाबढी मानिसको संख्या जम्मा गरेर उनको प्रसंशामा गीत र नृत्य सहितको रमाइलो गरियो । अफ्रीकाको महान ,अजर,अमर नेता भनेर जयजयकार गरियो।
विभिन्न परिकल्पनाका सयौं केकहरूको डिजाइन बनाइयो । उनको ९२ औ जन्मोत्सव भएकोले ९२ किलोको एउटा विशेष केक बनाएर काटियो । त्यो केक काट्ने बेलामा बेलुन बयानब्बेवटा नै उडाइयो । चिरञ्जीवीको कामना सहितको विषेश प्रार्थना पनि गरियो । त्यस अवसरमा बनाइएको सबै भन्दा ठूलो केकको नाम जिम्बाबे राखियो । त्यो जिम्बावे नामको केकको डिजाइन प्राचीन स्मारकको आकारमा बनेको थियो । त्यसरी बनाइएको दोश्रो ठुलो केक , अफ्रीका महादेशको नाममा राखिएको थियो । अफ्रिकी महादेशको शासन र शक्तिलाई त्यस बेलाका उच्चपदस्थ व्यक्तित्वसगँ ( राष्ट्रपतिसगँ ) जोडेर केकसगँ तुलना गरिएको रहेछ जस्तो अनुमान गर्न सकिन्थियो
चर्चामा खर्चको कुरा यसरी उठ्यो ” जनताका राष्ट्रपतिको उत्सवमा जनताहरुले खर्च गरे । आफ्नो महान नेताको जन्म दिनमा गीत गाए, नाचे,राज्यकोषबाट केक किनेको नै होइन,यस्ता विषयमा किन टाउको दुखाइ गरेको ? यी र यस्ता विचारहरू पछौटे सोच भएकाहरूले गर्ने हो , यो दरिद्रता हो,यसमा सहभागी भएका ब्यापारी उद्योगपतिले स्वेच्छाले,खुसि भएर महान नेताको जन्म दिन मनाउन करोडौ खर्च गरे त के भयो ? कसको के गयो र ? ” – यसरी आएका आलोचना छोप्न खोजियो । राष्ट्रिय र अन्तर्राष्ट्रिय मिडियमा समाचार आए । राष्ट्रपतिका नजिककाले सबै चर्चालाई ढाक्दै दुख व्यक्त गरे । विपक्षी,नागरिक समाज र अन्यका विरोधका बाबजुद मुगाबेका सल्लाहकार र नजिकका हितैसीहरूले आलोचनाका विरूद्ध प्रसस्ती नै गाए र जनगुनासोलाई छोपे ।
उनलाई सन् १९९० मा चलेको विश्व व्यापीकरणको प्रभावले छोडेन । त्यसै कारण होला सोभियत संघको पतन पछि पनि उनले आफुलाई समाजबादी भनेर दाबी गरिरहे । सन् १९९१ पछि अफ्रीकामा भयङ्कर खडेरी पर्यो र ८०% खाद्यबालि खडेरीले सखाप पार्यो ।३० लाख भन्दा बढी मान्छेहरु भोकमारीको चपेटामा परे । महाविपतको भोकमरीसंग लड्दै त्यसलाई टार्न अन्तर्राष्ट्रिय संघसंस्थाहरूसगँ झण्डै १.६ बिलियन अमेरिकी डलर सहयोगको याचना गरियो ।
एकातिर मुलुकमा त्यत्रो भोकमरी परेको अवस्था छ अर्को तिर राष्ट्र प्रमुखको जन्म दिनमा राज्यकोषको अदृश्य खर्च बाहेक, केक र अन्य सजावटलाई मात्रै ११ लाख डलर खर्च गरेर तामझामका साथ् मनाउदा दुख र पिडामा छटपटाएकाहरूलाई सहि नसक्नु भयो ।तर त्यो संवेदनशीलता राष्ट्र प्रमुख र नजिकका नन्दीभिरङ्गिले देखेनन् । उनीहरूले सकेको मनोरञ्जन गरे र उत्सव मनाएरै छोडे ।
विस्तारै विस्तारै राष्ट्रपतिको ९२ औं वर्षगाँठ र केक पर्वको विरोध सुरू हुँदै राष्ट्रपतिको दलमा छिर्यो । दलभित्र छिरेको केक उत्सव प्रकरण र आलोचना अनुसासनको विषय बन्यो । झन्डै डेढ बर्ष पछि सन् २०१७ को नोवेम्बरमा उनकै पार्टीले उनलाई अनुशासनको कार्वाही गर्दै निष्काशन गर्यो । निष्कासन मात्रै होइन सेनाको समर्थन लिएर राष्ट्रपतिलाई अपदस्थ नै गरियो। त्यसरी गरिएको कु को बिरुद्धमा र उनको समर्थनमा उनका कोहि समर्थक निस्केनन् । उल्टै उनि अपदस्थ भएकोमा सडकमा नाचगान चल्यो। उनले कमाएको, इज्जत ,प्रतिष्ठा र सम्मान सबै मट्टिमा मिल्यो । यसरी अपदस्त भएर कारवाहिमा परेका राष्ट्रपतिको सन् २०१९ को सेप्टेम्बर निधन भयो ।
त्यत्रो राज्यकोष को दोहन, जबर्जस्ति नगद संकलन ,झन्डै लाखौं मानवको उपस्थित, सयौं विभिन्न उपनामका केकहरु राखेर, ९२ किलोको केक काटेर, ९२ वोटा बेलुन उडाएर प्रसस्ती गाउन लगाएर मनाइएको उत्सबले उनको स्वस्थता,सत्ताको आयु र सामाजिकआर्थिक हैसियतका कुनै पनि कुरा पटक्कै लम्बिएनन् । उल्टै सत्तामा हुदा बनेका भित्रियाहरू सत्ताच्युत भएपछि एक पटक हेलो या भेट्न पनि आएनन् । अन्तर्राष्ट्रिय सहयोग र समर्थन पनि देखिएन् । उत्सवले आफन्त र सहयोगी पनि गुमायो ।
विश्वका अनेकौं मुलुकमा यस्ता अनेकौं घटना घटेका सयौं समाचार सुनेका छौ । तर पनि हामी सत्ता र शक्तिमा पुगेका बेला यस्ता विषयलाई हेलचेक्रयाई गर्छौ , आफैंलाई सर्वेसर्वा ठान्छौं । आफैं सर्वै सर्वा अन्तिम हो,जस्तो व्यबहार देखाउछौ । यस्ता विषयले सामान्य जनजिवनसगँ जोडिएका मानिसलाई कस्तो चोट पर्छ सोच्दैनौं । स्वार्थ भन्दा माथि उठेर आस्था र विचारको आदर्शलाई जिवनको दर्शन बनाएर इमानपुर्वक गुजारा गर्नेहरूलाई यस्तो बेला जिउन निकै कठिन बनाउछ । राजनीतिक लाभका लागि राजनीतिमा प्रवेश गर्नेहरूलाई त यस्ता कुराले फरक पार्दैन तर नीति र सिद्धान्तसगँ जोडिएर राजनीतिक यात्रामा अनवरत यात्रा गर्नेहरूलाई यस्तो सर्वसत्तावादी सोचले आत्मसम्मानमा ठेस पुर्याउछ । निष्टामा खोट लाग्छ । स्वाभिमान गुम हुन्छ ।यस्ता कुरामा पहिलो पुस्ता वास्ता नगरे पनि दोस्रो ,तेस्रो र नयाँ पुस्ताले निकै विचार पुर्याउनु पर्छ ।
हरेक मानिसलाई पूरा आयु बाच्न मन लाग्छ । बाच्न पाउनु पर्छ । तर मानिसको आयु प्रार्थना,अन्धविश्वास र देवत्वसगँ जोडेर होइन उसको स्वस्थ खानपान, आराम , स्याहार, औषधोपचार सगँसगै जिवनशैली र वैज्ञानिक तथ्यसगँ जोडेर दुनियाँको उदाहरण बन्न र बनाउन सक्नुपर्छ । राजनीति समस्याको निकासको चुनौती सामना गरिरहेको बेला राष्ट्र प्रमुखले दलका बैठक नै स्थगन गरेर / विना सुचना जन्म उत्सवको आयोजना गरेर महत्त्वपूर्ण बैठक स्थगन गर्नु ,अरूको समयको महत्त्व नदिनु, भुलभलैयामा सहकर्मीहरूलाई राख्नु, बैठक र आलोचनालाई निषेध ठान्नु नीति र सिद्धान्त विहिन हुनु हैन र ? यस्ता अवैज्ञानिक ,भड्किला,तथ्यहिन र आयातित कुराको पछिलाग्दा मुलुकमा सम्वृद्धि छाउछ र ? समाजवाद उन्मुख पाटीहरुमा सदस्य बन्ने र शुभचिन्तकले सोचनिय विषय बनेको छ ।
पाटीको सांगठनिक गतिशीलतासगँ जोडेर पाटीभित्र शिर्ष नेतृत्वको आलोचना भइरहेको बेला पाटी भित्र बढेको अन्तरविरोध, पाटी र संगठनको गतिहीनता आदि विषय प्राथमिकतामा नपर्ने, बैठक बस्न नमान्ने अनि कसैलाई एक्कासि बोलाएर कसैलाई राज्यकोषबाट खर्च गरेर जन्म उत्सव मनाउने प्रचलन कति सान्दर्भिक हुन्छ ? प्रश्नचिह्न लागेको छ ।
दलिय संरचनाको कुशल व्यवस्थापन हुन नसक्दा सृजना भएको नेतृत्वविचको व्यक्तित्वको संघर्ष, होडबाजी र अविश्वासले बल्लतल्ल देशले पाएको दुई तिहाइको सकियो । सरकारसगँ जोडिएको राजनीतिक स्थिरता नहुँदा बहुदलीय व्यवस्था पुनः संकटतिर जाँदै छ । जनताको जनजिविकासँग जोडिएको मुद्दा समेटिन्न । भएका सार्वजनिक सेवादिने संघसंस्था बन्द भए । आम नागरिकसँग दलहरुप्रति अविश्वास छ। किन यस्तो आशंका र अविश्वास जन्मियो ?र कस्ले मेट्ने ? चासो देखिन्न । यस्तै परिस्थिथि भर्खर बङ्गलादेशले ब्यहोर्नु परेको उदाहरण आँखा अगाडि हुँदा पनि हाम्रा दलहरुलाई चासो छैन।
आफ्नो दल र दलभित्रको अन्तरविरोधको व्यवस्थापन अल्झनु पर्ने, एकिकरणको काममा ढिलाइ गर्ने,गुटबन्दी बढ्ने, इमान्दारले स्वयम् सेवकको रूपमा काम गर्न पनि निशेधमा पर्नु पर्ने दलिय संरचनाले अब काम लाग्छ र ? निर्वाचन पछि आएका तीनै तहका सरकारले परिणाममुखि काम देखाउन नसक्नु, नेतृत्वविच दम्भ बढ्नु जस्ता कुराले राष्ट्रको समृद्धिको फट्को मार्ने विषयलाई सम्बोधन गर्न सक्छ र ?
सबै दलका नेताहरूले आफ्ना समकालीन र कार्यकर्तालाई गुटको होइन दलको, बनाएर हेर्न र बुझ्न सक्ने वातावरण नबनाएसम्म जनताको चाहाना र भावनालाई बुझ्न सक्ने वातावरण बन्दैन । सरकारले पहुँच बाहिरका जनताको पक्षमा कार्यक्रम ल्याउन सक्दैन । यस्तो बेला समाजवाद उन्मुख पाटी या कम्युनिस्ट पाटी मात्रै होइन, जनप्रतिनिधि,व्युरोक्रेसी र अन्य सरोकारवाला सबै बेकामे हुने अवस्था आउँछ । त्यसैले राजनीतिभित्र स्वच्छ प्रतिस्पर्धा,सत्य,न्याय र निष्पक्ष भएर उभिन,सल्लाह,सुझाव र उत्प्रेरण प्रदान गर्ने वातावरण बनोस । सबैलाई शुभकामना !!
तपाईको बिचार