क्रिप्टो कारोबारको आरोपमा २ प्रहरीसहित ३ जनाविरूद्ध मुद्दा दायर

क्रिप्टो कारोबारको आरोपमा २ प्रहरीसहित ३ जनाविरूद्ध मुद्दा दायर

713

काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेको घटनामा दुई प्रहरीसहित तीन जनाविरुद्ध मुद्दा दायर भएको छ ।
क्रिप्टोकारोबारीलाई छाड्न आरोपितकै परिवारसँग रकम असुल गरी छाडेको घटनामा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी हवल्दार गणेश खड्का र प्रहरी जवान साजन शर्माविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको हो ।

उनीहरु परिसरको हिरासतमा छन् । अर्का प्रतिवादी तेजबहादुर तामाङ भने फरार छन् । उनीहरुविरुद्ध ठगी तथा आपराधिक विश्वासघातको कसुरमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासमा उनीविरुद्धको मुद्दाको सुनुवाई सुरु भएको छ ।

तपाईको बिचार