एआई सम्मेलन गर्दै युवा संघ, यस्ता छन् ५ उदेश्य

एआई सम्मेलन गर्दै युवा संघ, यस्ता छन् ५ उदेश्य

987

काठमाडौं । राष्ट्रिय युवा संघ नेपालले एआई सम्मेलन गर्ने भएको छ । संघले यही कार्तिक ११ र १२ गते हायात प्यालेस सोल्टीमोडमा ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) सम्मेलन आयोजना गर्न लागेको अध्यक्ष क्षितिज थेबेले बताए ।

सत्तारुढ दल नेकपा एमालेको जनवर्गीय संगठन युवा संघले एआई सम्मेलनबाट विश्व बजारमा अहिले भइरहेको ‘आर्टिफिसियल इन्टेलिजेन्स’को विकास र उपयोगबारे नेपाली समाजमा जानकारी दिने उद्देश्य रहेको बताईएको छ ।
सूचना प्रविधिको वर्तमान युग अब ‘आर्टिफिसियल इन्टेलिजेन्स’मा पुगिसकेको बताउँदै यसबाट नेपाली समाजमा पर्न सक्ने प्रभाव र लिन सक्नुपर्ने लाभबारे सम्मेलन केन्द्रित हुने उनको भनाइ छ।

सम्मेलनमा एक हजार जना सहभागी हुने संघका प्रवक्ता निरोज पौडेलले बताए । ५ सयसंघबाट सिफारिस गरेका प्रतिनिधि हुनेछन् भने बाँकी ५ सय कोट खुल्ला गरिएको छ।

यस्ता छन् एआई सम्मेलनका पाँच उद्देश्य –

-राष्ट्रिय एआई रणनीति विकासः नेपालका सामाजिक-आर्थिक र प्राविधिक लक्ष्यहरूसँग मेल खाने समग्र राष्ट्रिय एआई नीतिगत ढाँचा तयार गर्ने, जसले एआई नवप्रवर्तन र अपनाउने प्रक्रियालाई प्रवर्द्धन गर्छ।

-नैतिक एआई प्रयोगको प्रवर्द्धनस् एआई प्रणालीहरूमा डाटा गोपनीयता, पक्षपात, र पारदर्शितासँग सम्बन्धित चिन्ताहरू सम्बोधन गर्दै जिम्मेवार र नैतिक एआई प्रयोगका लागि मार्ग निर्देशन स्थापित गर्ने।

-सार्वजनिक-निजी साझेदारीको प्रवर्द्धनः एआई अनुसन्धान, विकास, र उद्योग अनुप्रयोगहरूलाई तीव्र बनाउन सरकार, निजी क्षेत्र, शैक्षिक संस्था, र नागरिक समाजबीचको सहकार्यलाई प्रोत्साहित गर्ने।

-एआई शिक्षा र कार्यबल विकासलाई सुदृढ बनाउनेः एआई सम्बन्धित शिक्षा, सीप विकास, र क्षमता अभिवृद्धि पहलहरूलाई प्राथमिकता दिने, जसले एआई प्रविधिसँग संलग्न हुन तयार कार्यबल सुनिश्चित गर्छ।

-समावेशी एआई नीति सुनिश्चित गर्नेः सबै समुदायले एआई को फाइदा समान रूपमा प्राप्त गर्न सकुन् भन्ने नीतिहरूको पक्षमा वकालत गर्ने, विशेष गरी सीमान्तकृत समुदायहरूको लागि विशेष ध्यान राख्दै, र विपद् व्यवस्थापन तथा शिक्षा जस्ता राष्ट्रिय चुनौतीहरूको समाधानमा एआई प्रवर्द्धन गर्ने।

 

तपाईको बिचार