नेसपामा १७ पदाधिकारी सहित १५१ केन्द्रीय सदस्य रहने प्रस्ताव

नेसपामा १७ पदाधिकारी सहित १५१ केन्द्रीय सदस्य रहने प्रस्ताव

655

काठमाडौं डा. बावुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) ले एक सय ५१ सदस्यीय केन्द्रीय समिति हुने प्रस्ताव गरेको छ ।

 सोमबारबाट पोखरामा सुरु हुने पार्टीको प्रथम विधान अधिवेशनमा पेस हुने मस्यौदामा त्यस्तो प्रस्ताव पेश गरिएको हो ।
प्रस्तावित विधानमा एक जना अध्यक्ष, उपाध्यक्ष पाँच जना, महासचिव एक, उपमहासचिव दुई, सचिव सात र एक जना कोषाध्यक्ष सहित १७ सदस्यीय पदाधिकारी रहने उल्लेख छ ।  नेसपाको सङ्गठनात्मक स्वरूप र संरचनामा पार्टीको सर्वोच्च निकाय राष्ट्रिय महाधिवेशन रहनेछ ।

त्यसपछि सङ्घीय परिषद्, केन्द्रीय समिति, केन्द्रीय राजनीतिक समिति, केन्द्रीय कार्यकारिणी समिति, केन्द्रीय सल्लाहकार समिति, केन्द्रीय विज्ञ परिषद्, केन्द्रीय अनुशासन तथा सदाचार आयोग, केन्द्रीय निर्वाचन आयोग, केन्द्रीय लेखा आयोग र विभागहरू हुने व्यवस्था गरिएको छ ।

 

तपाईको बिचार