हिटलर बन्न खोजे ओलीको पतन निश्चित- माधव नेपाल

हिटलर बन्न खोजे ओलीको पतन निश्चित- माधव नेपाल

1041

कपिलवस्तु । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दल विभाजनको अध्यादेश ल्याएर हिटलर बन्न खोजे ओलीको पतन हुने निश्चित रहेको बताएका छन् ।

एवं पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले नेकपा एकीकृत समाजवादी लुम्बिनी प्रदेश कमिटीले सोमबार कपिलवस्तुमा आयोजना गरेको बिस्तारित बैठकलाई सम्बोधन गर्दै वर्तमान केपी ओली नेतृत्वको सरकारले दल विभाजनको अध्यादेश ल्याए सरकार आफैँ अप्ठ्यारोमा पर्ने बताएका हुन् ।
नेता नेपालले सरकारलाई चुनौती दिँदै भने, ‘सरकारले बिकासका काम गरोस् । सुशासनको काम गरोस् । रोजगारी बढाउने काम गरोस् । राम्रो काममा ध्यान देओस् । तर दल बिभाजन गर्ने अध्यादेश ल्याएर हिटलर बन्न खोजे पतन हुने निश्चित छ ।’
विस्तारित बैठकलाई सम्बोधन गर्दै नेता नेपालले पार्टीले महाधिवेशनबाट समाजवादी दस्तावेज समेत पारित गरेको बताउँदै पार्टी निर्माणमा सक्रिय हुन कार्यकर्तालाई निर्देशन समेत दिए ।

तपाईको बिचार