काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीले कास्कीको पोखरामा गरिरहेको शान्ति पूर्ण आन्दोलनमा काभ्रेका रास्वपा सभापति प्रविण कुमार ढकाल घाइते भएका छन् ।
आज(आइतबार)पोखरामा भएको प्रदर्शनमा प्रहरीले हस्तक्षप गर्दा काभ्रे सभापति ढकाल घाइते भएको राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सार्वजनिक मामिला विभाग सचिव बदन कुमार भण्डारीले जानकारी दिए । उनका अनुसार प्रहरीको लाठी चार्जबाट ढकालको टाउकोमा गम्भीर चोट लागेको छ।
सहकारी ठगि प्रकरणमा शुक्रबार प्रहरीले रास्वपा सभापति रवि लामिछानेलाई पक्राउ गरेको थियो । काठमाडौमा पक्राउ गरि अनुसन्धानका लागि भन्दै प्रहरीले लामिछानेलाई पोखरा लगेको छ। लामिछाने पक्राउ परेसँगै रास्वपा नेता, कार्यकर्ताले देशब्यापी आन्दोलन चर्काएका छन् ।
सरकार विरुद्धको प्रदर्शन आज पनि चर्केको थियो । सो आन्दोलन निरन्तर जारी रहने र थप चरणबद्ध सशक्त आन्दोलन को तयारी भइरहेको रास्वपा स्रोतले जनाएको छ।
तपाईको बिचार