अदालत बाहिरबाट ओलीविरुद्ध रविको कडा आक्रोश, भने ओली प्रधानमन्त्री रहेसम्म देशले धेरै दु:ख पाउँछ  

अदालत बाहिरबाट ओलीविरुद्ध रविको कडा आक्रोश, भने ओली प्रधानमन्त्री रहेसम्म देशले धेरै दु:ख पाउँछ  

701

  काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ओली प्रधानमन्त्री रहेसम्म देशले धेरै दुःख पाउने बताएका छन् ।

पोखरामा प्रहरी हिरासतमा रहेका लामिछानेले आज प्रहरीले म्याद थपका लागि अदालत लैजाँदै गर्दा सञ्चारकर्मीहरूलाई छोटो सम्बोधन गर्दै  प्रधानमन्त्री केपी ओलीविरुद्ध कडा आक्रोश पोखेका हुन् ।

 आफूलाई अदालतले न्याय दिने विश्वास रहेको भन्दै रविले केपी ओली नेतृत्वको यो सरकार रहिरहँदा देशले धेरै दुख पाउने उनको दाबी छ । यो सरकार ढालिहाल्नुपर्ने उनले बताए ।

यसो भनेका थिए रविले पोखरामा 

मलाई अदालतले न्याय दिनेमा निर्धक्क छु । तर देशभरबाट सबैजनालाई यो सरकारविरुद्ध उत्रिन आह्वान गर्छु । केपी ओलीको सरकार रहिरहने हो भने देशले धेरै दु:ख पाउँछ । त्यसैले यो अधिनायकवादी सरकारविरुद्ध यही बेलामा देशैभरिबाट जहाँ-जहाँ हुनुहुन्छ, मेरो लागि होइन, देशका लागि बाहिर निस्किनुपर्ने अवस्था आउन सक्छ ।

म सबैलाई अपिल गर्छु । सम्पूर्ण न्यायप्रेमी दाजुभाइ दिदीबहिनी, यो सरकार रहुञ्जेल यस्तै हर्कत गर्छ । यो सरकार नढलेसम्म, केपी ओलीको शासनसत्ता रहिरहेसम्म यस्ता अपराध भइरहन्छन् । यो सरकारबाट देश कहिल्यै बन्दैन । भ्रष्टाचारीलाई संरक्षण गरेर, सारा सहकारी ठग पार्टीभित्र पालेर, भ्रष्टाचारको जगमा उभिएर अर्कालाई ठग भनेर झूट्टा मुद्दा लगाउने ? मलाई जस्तै डेढ वर्ष लगाएर ओलीलाई छानविन गर्ने हो भने सबैभन्दा भ्रष्टाचारमा उभिएको मानिस केपी ओली हो । उनी देशको प्रधानमन्त्री हुनु दुर्भाग्य छ ।

मलाई न्याय अदालतले दिन्छ । न्याय प्रक्रियामा सघाउन आएको हुँ । यो अन्तिम लडाईं हो । राज्यशक्ता कब्जा गर्ने र निर्दोष मान्छे फसाउने यिनीहरुको यो सत्ता अन्त्य हुनुपर्छ । घरघरबाट आएर आएर यो सरकारको विरोध गर्न अनुरोध गर्छु ।

तपाईको बिचार