काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउको विरोधमा भइरहेको प्रदर्शनले पोखरा तनावग्रस्त बनेको छ ।
महानगर क्षेत्रमा प्रदर्शन, जुलुस, हुलदङ्गा तथा झडपका कारण प्रतिकुल अवस्था सिर्जना हुनसक्ने भन्दै कास्कीका सीडीओले निषेधाज्ञा जारी गरेपनि प्रदर्शनकारीले निषेधाज्ञा तोडेपछि अवस्था तनावग्रस्त बनेको हो ।
अदालतअघि भेला भएका रास्वपाका नेता, कार्यकर्ता, समर्थक र प्रहरीबीच अहिले ठेलमठेलको अवस्था छ । उनीहरुले प्रहरी प्रशासनविरुद्ध नाराबाजी गरिरहेका छन् । प्रदर्शन भइरहेको ठाउँमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
तपाईको बिचार