काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य गणेश कार्कीले आन्दोलनको क्रममा तोडफोड गरेर नाम खराब गर्नसक्ने भन्दै नेता कार्यकर्ताहरुलाई सचेत रहन सुझाएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै केन्द्रीय सदस्य कार्कीले आफूहरूले सार्वजनिक तथा सरकारी सम्पत्ति तोडफोड गरेर गरिने आन्दोलनलाई विरोध गर्ने जनाएका छन् । पार्टी सभापति रवि लामिछानेलाई राजनीतिक प्रतिशोध राखेर पक्राउ गरेपछि सडक आन्दोलनमा उत्रिएको रास्वपाले नागरिकलाई दुःख नदिने बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा सडकमा टायर बालेको फोटो राख्दै उनले भनेका छन्,
‘विरोधको यो तरिकालाई रास्वपाले कहिल्यै पनि समर्थन गर्दैन । नागरिकलाई दुःख दिएर, सार्वजनिक तथा सरकारी सम्पति तोडफोड गरेर गरिने आन्दोलनलाई रास्वपाले विरोध गर्दछ । यस्ता किसिमका आन्दोलन गर्ने रास्वपाका या रवि लामिछानेका समर्थक हुनै सक्दैनन् ।’
नागरिकका मुद्दा अझ बढी उठाउने, विधिलाई हुबहु लागू गर्ने र गराउनेमा उपस्थित हुँदा रचनात्मक र शान्तिपूर्ण रुपमा भइदिन उनले नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।
‘समर्थकका रूपमा घुसपैठ गरेर रास्वपाको नाममा खराब गर्ने सम्भावना रहेको हुँदा सचेत भएर त्यस्तो भेटिएमा प्रहरीलाई जिम्मा लगाइदिन हुन अनुरोध छ ।’ कार्कीले भनेका छन् ।
तपाईको बिचार