प्रहरीले आज लामिछानेलाई अदालत पेश गर्दै

प्रहरीले आज लामिछानेलाई अदालत पेश गर्दै

935

काठमाण्डौं । सहकारी ठगीसहितका आरोपमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेलाई प्रहरीले आज कास्की जिल्ला अदालत पेश गर्ने भएको छ। गत शुक्रबार पक्राउ परेका सभापति लामिछानेमाथि थप अनुसन्धान गर्नु पर्ने भएकाले म्याद थप थपका लागि अदालत पेश गरिन लागेको हो।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो-सीआईबीको टोलीले पूर्व गृहमन्त्री समेत रहेका लामिछानेलाई पक्राउ गरी पोखरा लगिएको छ। प्रहरीका अनुसार बिहान १० बजे लामिछानेलाई अदालत पेश गरिनेछ। उनीविरुद्ध सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि म्याद थप गर्न प्रहरीले अदालतमा माग गर्ने तयारी गरेको छ।

म्याद थपपछि प्रहरीले उनीविरुद्ध सहकारी रकम ठगी र संगठित अपराधबारे अनुसन्धान सुरु गर्नेछ।जिल्ला अदालत कास्कीले शुुक्रबार रवि लामिछानेसहित १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो।सोही आधारमा प्रहरीले लामिछानेलाई पार्टी कार्यालयबाट नियन्त्रणमा लिएको थियो।

सूर्यदर्शनसहितका सहकारीको साढे ६५ करोड रुपैयाँभन्दा बढी रकम अपचलन गरी गोर्खा मिडियामा लगेको आरोपमा गोर्खा मिडियाका पूर्व प्रबन्धनिर्देशक रहेका लामिछानेलाई पक्राउ गरिएको हो।

तपाईको बिचार