काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ परेका छन् । शुक्रबार साँझ नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी०को टोलीले उनलाई पार्टी कार्यालय वनस्थलीबाट पक्राउ गरेको हो ।
काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई प्रहरीले कास्की लाने तयारी गरेको छ । सभापति लामिछानेविरुद्ध कास्की प्रहरीमा उजुरी परेकाले उनलाई पोखरा लान लागेको हो ।
पोखराको सूर्यदर्शनसमेतका ७ सहकारीबाट ६५ करोड रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा गएको अनुसन्धानबाट खुलेको छ ।
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको प्रतिवेदनका आधारमा १६ असोज २०८० मै गितेन्द्रबाबु (जिबी) राई, कुमार रम्तेलसहित १९ जनाविरुद्ध मुद्दा दर्ता भएको थियो । त्यसमा एक अर्ब ११ करोड रुपैयाँ बिगो मागदाबी गरिएको थियो ।
तपाईको बिचार