गायक राईको भारतीय गायिका आशा भोसलेसँग ‘यो हाम्रो माया’ रेकर्ड

गायक राईको भारतीय गायिका आशा भोसलेसँग ‘यो हाम्रो माया’ रेकर्ड

4425

काठमाडौं । इलामका गायक मोहन राईले ख्यातिप्राप्त भारतीय गायिका आशा भोसलेसँग युगल गीत गाउने अवसर पाएका छन् । मोहनले हालैमात्र मुम्बइ पुगेर ८४ वर्षीय रञ्जित गजमेरको संगीत र विभिन्न भाषाका १५ हजारभन्दा बढी गीत गाएर गिनिज बुकमा नाम लेखाइसकेकी चर्चित भारतीय गायिका ९२ वर्षीया आशा भोसलेसँगको युगल स्वरमा यो हाम्रो माया बोलको गीत रेकर्ड गराएका हुन्। गीतको रचना नेपाल प्रहरीको एआइजि टेक तामाङले गरेका हुन् ।

‘ऐतिहासिक र दुर्लभ क्षण बटुलेर फर्किएको छु। गायक कैलाश खेरको कैलाश स्टुडियो मुम्बईमा उहाँसँग गीत रेकर्ड गराउने अवसर मिल्यो’ गायक राईले भने ‘आशा दिदीलाई नेपाली संगीतमा भित्र्याउने रञ्जित गजमेरकै सामिप्यतामा रहेर गीत रेकर्ड गराएको छु।’

राष्ट्रिय भाव र मायाप्रेमका गीत गाउन रुचाउने मोहनले भने चारवटा गीत तयार भइसके,’ । ‘आशा भोसलेसँग गाउन पाउनु मेरा लागि गर्वको क्षण हो,’ गायक राईले भने , ‘गीतकारहरूमा वामदेव गौतम, पवन चाम्लिङ, गौरव गुरुङ, टेक तामाङ, अशोक बान्तवा समेटेको छु ।

मोहनले आफ्नो प्रकाशोन्मुख तेस्रो एल्बमका लागि आशासँग गीत गाएका हुन्। ‘मायाको खेल र कस्तो सपनापछि नयाँ एल्बमको तयारी गरिरहेको छु। चारवटा गीत तयार भइसके।   संगीतमा रन्जित गजमेर, नरहरी प्रेमी र कन्काइस्ट राईले साथ दिनुभएको छ’ गायक राइले जानकारी गराए।

यस अघि पनि उनले संगीतमा रुचि राख्ने इलाम निवासी पूर्वप्रधानमन्त्री झलनाथ खनाल, सिक्किमका पूर्वमुख्यमन्त्री डा. पवन चाम्लिङ (किरण) लगायतका नेता, कर्मचारी प्रशासकको गीत गाउँदै आएका छन्।

इलाम निवासी राईले २०७१ सालमा गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादवबाट आफ्नो पहिलो एल्बम विमोचन गराएका थिए। उनी नेपाल सरकारको सिफारीसमा तत्कालिन अवस्थामा राष्ट्रपति विद्यादेवी भण्डारीबाट जनसेवाश्री राष्ट्रिय विभुषणबाट पनि विभूषित भइसकेका छन् ।

संगीतमा रञ्जित गजमेर सहित नहरी प्रेमी, कन्काइस्ट राईले साथ दिनुभएको छ।’  ‘मायाको खेल’ र ‘कस्तो सपना ? ’ पछि उनी तेस्रो एल्बमको तयारीमा जुटेका छन् ।

तपाईको बिचार