‘सर्च कमिटी’ टुंग्याएर आयोग गठन गर्ने शीर्ष नेतामाझ सहमति

‘सर्च कमिटी’ टुंग्याएर आयोग गठन गर्ने शीर्ष नेतामाझ सहमति

823

काठमाडौं । सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोग गठनबारे शीर्ष नेतामाझ सकारात्मक छलफल भएको छ ।

शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउन ती आयोग गठनबारे छलफल भएको माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतले बताए । बालुवाटार बैठकबाट निस्किँदै उनले भने, ‘आयोग गठन गर्नेबारे छलफल भयो ।

छलफल सकारात्मक भएको छ । तत्काल सर्च कमिटीलाई पूर्णता दिएर आयोग गठन गर्ने कुरा भएको छ । एक दुई दिन भित्रमा सर्च कमिटी गठन भएपछि आयोग गठन हुन्छ ।’

तपाईको बिचार