भीरबाट फालेर ६ वर्षीय छोराको हत्या

भीरबाट फालेर ६ वर्षीय छोराको हत्या

779

बागलुङ । बागलुङमा एक जनाले भीरबाट फालेर ६ वर्षीय छोराको हत्या गरेका छन् । ताराखोला गाउँपालिकाका केशव पुनले आफ्नो ६ वर्षीय छोरालाई भीरबाट आफलेर हत्या गरेका हुन् ।

मंगलबार राति ६ वर्षीय छोरा किस्मतलाई भीरबाट काठेखोलामा फालेको खबर प्रत्यक्षदर्शीले प्रहरीलाई गरेपछि उनी पक्राउ परेका छन् ।

बजार क्षेत्र नजिकको भीरबाट उनले छोरालाई फालेको प्रहरीले जनाएको छ । घटनाबारे जानकारी प्राप्त हुनासाथ परिचालन भएको प्रहरीले खोलामा बालकको शव फेला पारेको हो ।

तपाईको बिचार

सम्बन्धित खबर