पाँचथरको थर्पूमा युध्दकालिन झल्को दिने ‘निशान’ नाच प्रदर्शन

पाँचथरको थर्पूमा युध्दकालिन झल्को दिने ‘निशान’ नाच प्रदर्शन

782

पाँचथर । दसैँको महानवमीको दिन पाँचथरको याङ्वरक गाँउपालिका–४ थर्पुस्थित मौलोकालिका धाम परिसरमा लिम्बू समुदायको इतिहास बोकेको ऐतिहासिक ‘निशान’ प्रदर्शन गर्ने अर्थात नचाइने गरिन्छ।

। दसैँको महानवमीको दिन लिम्बू समुदायको इतिहासको प्रतीकको रुपमा रहेको निशान प्रदर्शन गरिने गरीन्छ । नेपालीहरुको ठूलो चाड बडादसैँको महानवमीको दिन पाँचथरको थर्पूमा लिम्बू समुदायको इतिहास बोकेको ऐतिहासिक ‘निशान’ प्रदर्शन गर्ने अर्थात नचाइने काम भयो । शुक्रबार पाँचथरको याङ्वरक गाँउपालिका–४ थर्पुमा भव्य रुपमा निशान प्रदर्शन गरीयो ।

निशान मेलामा ताप्लेजुङ, पाँचथर, इलाम, तेह्रथुम भारतको सिक्किम दार्जिलिङ लगायत क्षेत्रबाट सहभागी हुने गरेका छन्। राजा पृथ्वीनारायण शाहको नेपाल एकीकरण युद्धको झल्को दिनेगरी निशान प्रदर्शन गर्ने गरिएको स्थानीय अगुवा बताउँछन्। थर्पूको कालिका भगवती धाम जुनस्थललाई ५२ मौलोका रुपमा पनि चिन्ने गरिन्छ। दसैँको महानवमीको दिन यहाँ निशान प्रदर्शन गर्नुका साथै अन्य मनोरञ्जनात्मक गतिविधिसमेत आयोजना गर्ने गरिएको छ। लिम्बूको इतिहासको प्रतीक निशानसँगै नगरा, दमाहा बाजा साथै युद्धकालीन समयमा प्रयोग भएका विभिन्न किसिमका ऐतिहासिक हातहतियारसमेत प्रदर्शन गर्ने गरिन्छ।

नेपाल एकीकरणका समयमा राजा पृथ्वीनारायण शाहले पल्लो किराँतका लिम्बूहरूलाई उपहार स्वरूप श्रीजङ्ग र कम्फु नामको दुई वटा निशान छाडेको भन्ने भनाइ छ। पृथ्वीनारायण शाहले उपहार स्वरूप छाडेको सोही निशानको प्रतीक पूर्वमा बसोबास गर्दैआएका लिम्बू समुदायले दसैँको नवमीका दिन प्रदर्शन गर्ने गरेका छन्।

विक्रम सम्वत् १८८० तिर शासकीय अधिकार हस्तान्तरण गर्ने क्रममा पृथ्वीनारायण शाहले श्री कम्फु र श्री जङ्ग नामको निशान प्रदान गर्नुभएको बताइन्छ।
हाल थर्पुको कालिका धाम परिसरमा पर्यटकीय स्थलका रुपमा स्थापित गर्न याङ्वरक गाउँपालिकाले पोखरी व्यवस्थापनसँगै विभिन्न संरचनासमेत निर्माण गरेको छ। पर्यटकलाई आकर्षित गर्न गाउँपालिकाले पोखरीको सौन्दर्यीकरण, विश्रामस्थल, पाटीपौवालगायतका संरचना बनाएको छ। उक्त संरचनाका कारण निशान मेलामा मेला भर्नेहरु थप केन्द्रित हुनुकासाथै भीडभाड बद्दै गएको पाइएको छ।
जात्रामा यो वर्ष दश हजारभन्दा धेरै सर्वसाधारणले सहभागिता जनाएका छन् । निशान जात्रामा नेपाली सेनाले सलामीसमेत अर्पण गरेको थियो ।
नेपाल राज्य एकीकरणका क्रममा लिम्बूवान फौज र शाह वंशीय सेना बिच ६ पटकसम्म भएको युद्धमा दुवैतर्फ हारजित नभएपछि शाहहरुले सम्झौता गर्दै लिम्बुवानलाई उपहार स्वरुप छोडेका २ वटा निशानसहित तत्कालिन युद्धमा प्रयोग भएका हातहतियार छोडेर गएका थिए । त्यही हातहतिया तथा निशानलाई दसैंको अवसर पारेर महानवमीका दिन प्रदर्शन गर्ने चलन छ ।

१८३१ साल देखि शुरु भएको निशान प्रदर्शनीमा नेपाली सेनाको टुकडिले सम्मानसहित सलामी अर्पण गरेको हो । सलामी अर्पणका क्रममा जिल्लाबाट निर्वाचित जनप्रतिनिधि, सुरक्षा निकाय, कार्यालय प्रमुखसहित विभिन्न क्षेत्रका प्रतिनिधि तथा हजारौंका संख्यामा सर्वसाधारण उपस्थित थिए ।

पृथ्वीनारायण शाहको बाइसे चौबिसे राज्य एकिकरणका समयमा युद्ध हुँदा प्रयोग भएका निशान र पुरातात्विक हतियार र निशान प्रदर्शन गर्दै विशेष ढंगले प्रश्तुत गरिने यो जात्रालाई मौलो पनि भन्ने गरिएको छ ।

निशानलाई वर्षको ३ सय ६४ दिन लिम्बुवानका जिम्मावालहरुको घरमा राखिन्छ । निशान प्रदर्शन गर्न थालेको २ सय ४९ वर्ष पछि गत बर्षबाट सेनाको सलामी सहित सम्मान गर्ने परम्पराको थालनी गरिएको स्थानीय आयोजकले जनाएको छ । निशान प्रदर्शनको जिम्वेवारी याङवरक गाउँपालिकाको ४ नम्बर वडाले लिएको वडाध्यक्ष सबिन माबोले जानकारी दिए ।

निशान जात्राका अवसरमा यहाँको काली मन्दिरमा ठूलो संख्यामा बोका र राँगाको बलि पनि दिइन्छ । निशानको पुजा र दर्शन गर्दा मनोकांक्षा पुरा हुने स्थानीयको विश्वास छ ।

निशान जात्राको अवलोकन गर्नुका साथै यहाँ गएर भाकल गर्दा चिताएको काम पुरा हुने र शक्ति प्राप्त हुने विश्वास छ । पृथ्वीनारायण शाहको बाइसे चौबिसे राज्य एकीकरणका समयमा युद्ध हुँदा प्रयोग भएका निशान र पुरातात्त्विक हतियार खुँडा खुकुरी ढाल तरबार भरुवा बन्दुक सहितका हात हतियार विशेष ढङ्गले प्रस्तुत गरिने यो जात्रालाई मौलो पनि भन्ने गरिएको छ ।

तपाईको बिचार

सम्बन्धित खबर