बाढीपीडितको उद्दार र राहतका काममा थप क्रियाशील हुन रवि लामिछानेको नेता कार्यकर्तालाई निर्देशन

बाढीपीडितको उद्दार र राहतका काममा थप क्रियाशील हुन रवि लामिछानेको नेता कार्यकर्तालाई निर्देशन

843

काठमाडौं । नेता कार्यकर्तालाई निर्देशन दिँदै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बाढीपीडितको उद्दार र राहत लगाएतका काममा थप क्रियाशील हुन आग्रह गरेका छन् ।

बुधबार पार्टी कार्यालय बनस्थलीमा नेता तथा कार्यकर्ताहरूसँग सामूहिक छलफल गर्दै लामिछानले प्रचारका लागि नभई वास्तविक रुपमै पीडितलाई सहयोग गर्ने गरि उद्धार र राहतका काममा लाग्न र दु खका बेला सरकारको विरोध गरेर हुँदैन क्रियाशील हुन आग्रह गरेका हुन् ।

उनले चाडपर्वका बेला नागरिकलाई कुनै किसिमको समस्या हुन नदिन नागरिकलाई महसुस हुने गरि पार्टीले काम गर्ने बताए ।
लामिछानले रास्वपाले गर्ने कामले तीनै तहको सरकारको सहयोगी भएर नागरिकको घर सडकमा जाने जिकिर गरेका छन् ।

तपाईको बिचार