रौतहट । पूर्व प्रधानमन्त्री एवम् रौतहट एकका सासद माधव कुमार नेपालले बागमती र लाल बकैया नदिमा आएको बाढीले गरेको क्षतिको निरीक्षण गरेका छन ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष समेत रहेका नेता नेपालले बुधबार दिउँसो बागमती नदीमा आएको बाढीले बाँध तोडी घर तथा खेती बालिमा पुर्याएको क्षतिको निरीक्षण गरेका छन । पूर्व प्रधानमन्त्री नेपालले सर्व प्रथम गढिमाई नगर पालिकाको वडा नम्बर ३ स्थित लक्ष्मीपुर पुगेका थिए ।
बाँधमा पुगेको क्षति अवलोकन गर्दै अब आफूले गर्नु पर्ने भूमिकाको बारेमा घटना स्थलमै नगर प्रमुख श्याम यादवसँग सुझाब लिएका थिए । बाँधमा भएको क्षति तथा खेती बाली हेर्ने क्रममा नेपाल गढिमाई नगरपालिकाका वडा नम्बर ६ का सिंगारमण र ७ का पकाहा धर्मपुर पुगी स्थानीयले भोगेका समस्या तथा समाधानका उपाय बारे स्थानीयसँग संवाद गरको नेकपा एकीकृत समाजवादीका नेता रेवन्त झाले बताए ।
यसैगरी विहीबार बिहान बागमती नदी किनाराको माधवनारायण नगरपालिका र राजदेवी नगरपालिका तथा दुर्गा भगवती गाउँपालिकामा भएको क्षति तथा स्थानीय पीडितसँग भेटघाट गर्ने कार्यक्रम रहेको नेता झाले बताए । विहीबार नै पूर्व प्रधानमन्त्री नेपाल लाल बकैया नदिको बाढीले पुर्याएको क्षति तथा राजपुर , परोहा , बौथिमाई , मौलापुर ,देवाही गोनाही र कटहरिया नगर पालिकाका स्थानीय बाढीपीडित जनतासँग भेटघाट गर्ने कार्यक्रम रहेको उनले बताए ।
नेपालसँग नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा पूर्व सासद सरला यादव, राजदेवी नगरपालिकाका नगरप्रमुख भिखारी यादव, नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष कमल यादव ,गढिमाई नगरपालिका १ का वडा अध्यक्ष रामपुकार यादव, गढिमाई नपा ५ का वडा अध्यक्ष राजिव रंजन यादव, नेता बिरेन्द्र साह सहितका नेता , कार्यकर्ताहरू, जनप्रतिनिधि, स्थानीय जनसमुदाय तथा सञ्चारकर्मीहरू उपस्थिति रहेको थियो ।
तपाईको बिचार