काठमाण्डौं । मेयर उपमेयर खोजेको र रोजेको अधिकृतको खोजीमा विनायक नगरपालिकाका कर्मचारीले दशैँमा
अछामको पञ्चदेवल विनायक नगरपालिका मेयर उपमेयर खोजेको र रोजेको अधिकृतको खोजीमा काठमाण्डौं केन्द्रित भएपछि कर्मचारीले दशैमा तलभ भक्ता खान नपाउने भएका छन् ।
नगरपालिकाका मेयर अम्बिका चलाउने र उपमेयर हर्कबहादुर रावल नगरपालिकाका प्रसासकिय अधिकृतको खोजी गर्दै लामो समयदेखि काठमाण्डौ रहेपछि कर्मचारीहरूले लतब भत्ता नपाउने भएका हुन् । आफूहरूले खाईपाई आएको सुविधा दशैं अघि नपाए आन्दोलनमा उत्रने कार्यरत कर्मचारीहरुको भनाई छ ।
पालिकामा कार्यरत शिक्षक, कर्मचारीलाई तलब , सामाजिक सुरक्षा कोष वितरण, निर्माण व्यवसायीलाई भुक्तानी दशै अगाडि दिन नसकिने भएको बताईएको छ ।
सरकारले गत साउनमा स्थानीय पदम माझीलाई सातौ तहमा काम गर्ने गरी प्रसासकिय अधिकृत नियुक्ति गरी मन्त्रालयले पठाएको भएपनि उनलाई स्वीकार नगरी पालिकाका मेयर तथा उपमेयर काठमाण्डौ आएर अर्को प्रसासकिय अधिकृत खोजिमा लागेका छन् । उनीहरु आफूले खोजेको र रोजेको अधिकृतको खोजीमा काठमाण्डौ केन्द्रित भएको पनि महिनौँ दिन भयो स्थानीय विरेन्द्र रावलले आरोप लगाए ।
मेयर सावले नायव सुब्बा स्तरमा आफ्नै दिदीको छोरा दिपेन्द्रबहादुर धामी र उपमेयर सावले आफ्नै छोरा हेमन्त रावललाई खरदार सो सरहको पदम नियुक्ति गरी पालिकाको आर्थिक कारोबार र प्रशासनमा हस्तक्षेप गरेको आरोप समेत स्थानहरूको छ ।
यसरी दशैको मुखमा पालिकामा कार्यरत सयौँ कर्मचारी शिक्षक ज्येष्ठ नागरिक सहित विभिन्न आयोजनलाई भुक्तानी गर्न नसक्ने अवस्था सिर्जना हुनु दुस्खद भएको सरोकारवालाहरूको बुझाई छ ।
नेपाल राष्टिय शिक्षक संगठन पञचदेवल विनायक नगर कमिटीले एक विज्ञप्ति नै निकालेर दशैंको तलव भत्ता अहिलेको मितिसम्म पनि निकासा नहुनु गम्भिर विषय भएको भन्दै समयमै तलब भत्ता निकासा गर्न माग गरेको छ । संगठनका अध्यक्ष सुशिल कुमार रावल र सचिव नमराज न्यौपानेले एक नगर प्रमुखलाई ध्यानाकर्षण पत्र नै बुझाएका छन् ।
यो सरासर जनप्रतिनिधिको लाचारी पन हो कुनै एउटा कर्मचारीको विषयलाई लिएर तमासा किन गरिन्छ ? इमानदारीका साथ जनताको काम गर्न लाई गोजीको कर्मचारी किन चाहियो ? कर्मचारीको विषय लाई लिएर यत्रो इगो हुन पर्ने कारण के रहेछ ? त्यो कुरा जनताले बुझिसके । जस्ता सवालहरू समुदाय तहमा उठेका छन् ।
पालिकामा आफ्ना र सजिला मान्छे मार्फत गरिएका सबै कामलाई बैद्यता दिने मान्छेको खोजी गर्दा पालिकाका सम्पूर्ण काम नराम्ररी प्रभावित भएको स्थानीयको गुनासो छ । यस विषयमा मेयर अम्बिका चलाउनेलाई ९८५११०१३८३ मा पटक पटक सम्पर्क गर्दा पनि रेस्पोन्स भएन ।
तपाईको बिचार